साउन २६, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...
काठमाडाैं | असार १२, २०७९
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको राजीनामा पत्र आफूसँग रहेको बताएका छन् ।
केही मन्त्रीहरूले राजीनामा पत्र आफूलाई दिएको र आफूले गोजीमा बोकेर हिँडेको उनले बताए । आवश्यक पर्दा सार्वजनिक गर्ने पनि नेपालले बताए ।
एकीकृत समाजवादी सम्बद्ध अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ । त्यो गोजीमा बोकेर हिँडेको छु । आवश्यक परेको बेलामा बाहिर ल्याउन सक्छु तर, राजीनामा पत्र नै चाहदैन । हामीले पठाएको पुनर्गठन पत्र नै पर्याप्त छ ।’
नेपालले छिटोभन्दा छिटो मन्त्रिमण्डलको पुनर्गठन हुने पनि बताए । ‘आशा गरौँ आजै मन्त्रिमण्डल पुनर्गठन हुने छ । बजारमा धेरै हल्लाहरू आएका छन् । ती हल्लाको पछि लाग्न आवश्यक छैन’, नेपालले भने ।
एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने बारे सचिवालयले गरेको निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको र त्यही निर्णय कार्यान्वयन हुने पनि नेपालले बताए ।
‘एउटा निर्णय भइसक्यो । निर्णय भइसकेको कारण त्यसलाई फेरबदल गर्नु हुँदैन भन्ने कुरा केन्द्रीय कमिटीले भनेको छ । निर्णय फेरियो भने अरुको कुरा हावी हुन्छ । अरू निर्णय गर्दा पनि कार्यान्वयन नहुने अवस्था आउँछ भन्ने कुरा केन्द्रीय कमिटीमा भएको छ’, नेपालले भने ।
फिर्ता फेरबदल गर्दा महिलालाई प्राथमिकता दिनुपर्ने र भौगोलिक हिसाबले पनि उचित प्रतिनिधित्व हुनुपर्ने कुरा जोडदार रुपमा उठेको थियो । तर, नेपालले भने सबै क्षेत्रलाई उचित प्रतिनिधित्व गराउने पक्षमा रहेको तर, कहिलेकाहीँ बाध्यता आइपर्ने बताए ।
कतिपयमा आफूले पद पाइसकेपछि नछाड्ने प्रवृत्ति रहेको भन्दै नेपालले इमान्दार नेता हुन चाहनेले पार्टीको निर्णय कार्यान्वयन गराउन तयार हुनुपर्ने बताए ।
‘व्यक्तिहरू आफू बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ । पार्टीको इमान्दार कार्यकर्ताले सानोभन्दा सानो निर्णय पालना गर्नुपर्छ । राम्रो नेता बन्न चाहने व्यक्तिले पार्टीको निर्णय कार्यान्वयन गर्न तयार हुनुपर्छ’, उनले भने ।
सम्बोधनको क्रममा नेपालले नेपालमा विदेशीको आँखा परेको र देश जटिल मोडमा रहेको पनि बताए ।
त्यसबाहेक, राजतन्त्र फर्काउने आवाज उठेको र त्यसलाई कुनै हालतमा सफल हुन नदिने पनि नेपालले बताए ।
स्थानीय तहमा केही ठाउँमा स्वतन्त्र व्यक्तिहरूले चुनाव जितेको चर्चा गर्दा उनले स्वतन्त्र जितेर हुँदैन भन्ने कुरा समयक्रमसँगै पुष्टि हुँदै जाने पनि बताए ।
उनले भने, ‘स्वतन्त्रको लहर चल्दै छ तर, स्वतन्त्रले हुँदो रहेनछ भन्ने कुरा विस्तारै पुष्टि हुँदै जान्छ ।’
आफूहरू आगामी निर्वाचनमा पनि गठबन्धन कायम राख्ने पक्षमा रहेको नेपालले बताए ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
विप्लव नेतृत्वको नेकपासहितका साना ४ कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । गठबन्धन सरका...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...