साउन ३१, २०७९
राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी ब...
काठमाडाैं | असार १२, २०७९
सत्ता गठबन्धनमा आबद्ध दलका महिला नेतृहरूले आसन्न प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत सीट सुरक्षित गर्न माग गरेका छन् ।
प्रत्यक्ष चुनाव पुरुष लड्ने र महिला समानुपातिकमा बस्नुपर्ने परिभाषा बदल्न उनीहरूले माग गरेका छन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा महिला नेतृहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ नै महिलालाई ३३ प्रतिशत सीट चाहिने बताएका हुन् । नेपाली कांग्रेसकी पुष्पा भुसालले प्रतिनिधि सभामा ३३ प्रतिशत सीट महिलाको लागि सुनिश्चित गर्न माग गरिन् ।
नेकपा माओवादी केन्द्रकी रेखा शर्माले गठबन्धनमा कुरा मिलाउने नाममा महिलालाई कम सीट छुट्टाउन गठबन्धनको ध्यानाकर्षण गराइन् ।
‘गठबन्धनका कारण हालैको स्थानीय तह निर्वाचनमा उत्पीडित वर्गको सीट खोसिएको छ, आगामी चुनावमा प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिलालाई चाहिन्छ,’ शर्माले भनिन् ।
माओवादी केन्द्रकी अमृता थापाले स्थानीय तह निर्वाचनको क्रममा महिला ठगिएको भन्दै महिलालाई क्षतिपूर्ति दिनुपर्ने माग गरिन् । उनले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष अविलम्ब निर्वाचित गर्न माग गरिन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले केही निर्वाचन क्षेत्र महिला महिलालाई लडाएर महिला जितेर आउने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग गरिन् । उनले विदेशमा बस्ने नेपालीको लागि मताधिकार सुनिश्चित गर्नका लागि ऐन नै संशोधन गर्नुपर्ने बताइन् ।
नेकपा एमालेकी विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको अधिकार सुनिश्चित गर्ने कानून ल्याउन सरकारसँग माग गरिन् । गठबन्धनको नाममा विद्यमान कानूनी व्यवस्थाविपरीत १६३ पालिकामा प्रमुख या उपप्रमुख महिला हुने अधिकार कटौती भएको बताइन् ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी ब...
गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन प...
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीत...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली...
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयॉ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्यसहित नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको बताएका छन् । भट्टराईले तालमेलसम्बन्धी सह...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...