×

NMB BANK
NIC ASIA

एसएसपी बढुवा

३२ एसएसपी पदका लागि एसपीहरूको दौडधूप, राष्ट्रिय अनुसन्धानबाट आएकाहरू तीव्र लबिङमा

असार १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि प्रहरी उपरीक्षक (एसपी)हरूको दौडधूप शुरू भएको छ । 

Muktinath Bank

गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँगै एसएसपीका लागि एसपीहरूको दौडधूप शुरू भएको हो  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ साउन १९ गते बढुवा भएका ३५ जना एसपी बढुवाका लागि दौडमा देखिएका छन्, त्यसमध्ये २ जनाले अनिवार्य अवकाश पाएका छन् । 


Advertisment
Nabil box
Kumari

२०७२ फागुन १९ मा बढुवा भएका डिल्लीराज विष्ट बढुवाको पहिलो सूचीमा छन् । उनी निर्मला प्रकरणमा पनि मुछिएका थिए । विष्टसँगै २०५१ मा भर्ना भएकाहरू डीआईजीको लाइनमा पुगिसकेका छन् ।

Vianet communication
Laxmi Bank

२०७४ असार १९ मा बढुवा भएका एसपीहरू गणेश चन्द, ओमबहादुर राना, राजधन अधिकारी, ईश्वर कार्की,  मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, सुर्दशनप्रसाद कोइराला, जीवनकुमार श्रेष्ठ (क), दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ बढुवाको लाइनमा छन् ।

उनीहरू २०५४ चैत १८ गते भर्ना भएका हुन् भने रेवती ढकाल र दिल्लीराज विष्ट २०५१ भदौ १६ मा भर्ना भएका थिए । 

२०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट आएका सिद्धिविक्रम शाह, सुशिलसिंह राठोर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत, मनोजकुमार यादव, विनोद घिमिरे, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वर यादव, दिलिपसिंह देउवा र सञ्जीव शर्मा दास गरी १९ पनि बढुवाको लाइनमा छन् ।

२०७५ जेठ २९ गते बढुवा भएको टोलीले पनि बढुवाका लागि शक्तिकेन्द्रको ढोका चहारिरहेको छ । राष्ट्रिय अनुसन्धानको टोलीले आफूहरू अगाडि बढुवा भएकाले माथि ल्याउनुपर्ने भन्दै लबिङ गरिरहेको छ ।

‘राष्ट्रिय अनुसन्धानकाहरू हामीमाथि आउनुपर्छ भन्दै लबिङमा लागेका छन्,’ एक प्रहरी उच्च अधिकारीले लोकान्तरसँग भने ।

राष्ट्रिय अनुसन्धानबाट आएका र प्रहरीतर्फ भर्ना भएका अधिकारीहरूबीच जहिले पनि बढुवा र सरुवामा विवाद देखिँदै आएको छ । 

प्रहरीतर्फ भर्ना भएकाले आफूहरूले द्वन्द्वको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् ।

एसपीबाट एसएसपीमा बढुवा सिफारिश प्रहरी महानिरीक्षकको अध्यक्षतामा गृहमन्त्रालयको सहसचिव सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिवले गर्ने व्यवस्था प्रहरी नियमावली २०७१ नियम २७ (ग)मा रहेको छ । 

बढुवा गर्दा नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारी र बढुवा समितिले दिने अंक हेरिनुपर्ने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x