×

X
Nic Asia
Dabur
Marvel

सरकारबाट फिर्ता बोलाइएकी रामकुमारी झाँक्रीले किन भेटिन् कामु प्रधानन्यायाधीश ?

काठमाडाैं | असार १२, २०७९

Premier Steels
TVS INSIDE
British college

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग आइतवार भेट गरेकी छन् । 

IME BANK INNEWS

अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु प्रधानन्यायाधीश कार्कीसँग भेट गरेकी हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सर्वोच्च स्रोतका अनुसार कामु प्रधानन्यायाधीश कार्कीको कार्यकक्षमा पुगेर मन्त्री झाँक्रीले विकास निर्माणको आयोजना, परियोजना आदिको विषयमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम नै प्रभावित हुने गरेको गुनासो गरेकी थिइन् । 

'मन्त्रीज्यूले विकास निर्माणको आयोजना आदिमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम प्रभावित हुन गएको हुनाले छिटोभन्दा छिटो अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाहरू  टुंग्याइदिनुपर्ने भनेर भन्नु भएको थियो,' सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो । 


Advertisment
mahindra Box
Saurya island

कामु प्रधानन्यायाधीश कार्कीले पनि ऐन, नियम, कानून अनुसार अदालतले गर्ने, अदालतले छिटोभन्दा छिटो फैसला गर्न सकोस् भन्ने आफ्नो पनि चासो रहेको जवाफ दिएका थिए । 

दुवै जनाबीच २० मिनेट जति भेटवार्ता भए पनि राजनीतिक कुरा केही पनि नभएको सर्वोच्च स्रोतले बतायो । 

Vianet communication
Sanima Bank

झाँक्रीसहित नेकपा (एस)बाट मन्त्री बनेका चारै जनालाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ ।

Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रगतिबारे जानकारी दिएको छ । सिट बाँडफाँटबारे कार्यदलमा पटक–पटक छलफल गरिस...

भदौ ३, २०७९

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराई...

भदौ ३, २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न नि...

भदौ ३, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो ।  भेलामा एमाले अध्यक्ष केपी ओ...

भदौ ३, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।  घाँटीमा क्यान्सरको समस्या रहेक...

भदौ ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ती...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x