भदौ ३, २०७९
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् । बिहीवार काठमाडौंमा आयोजित पत्र...
काठमाडाैं | असार १२, २०७९
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ ।
चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जानकारी दिए ।
‘हलमा दर्शक नै छैनन् । बिग मुभिजमा पहिलो दिन १२ जनाका लागि शो चलिरहेको थियो । व्यापार शून्य नै भन्दा पनि हुन्छ,’ मानन्धरले लोकान्तरसँग भने, ‘शुक्रवार र शनिबार दुई दिनको व्यापार पाँच/सात लाख पनि नहोला ।’
उनले धेरै चलचित्रको व्यापार बाहिर सार्वजनिक हुने गरेको जस्तो नहुन पनि सक्ने बताए ।
‘चलचित्रको व्यापारबारे धेरैले हावा जानकारी दिने गरेका छन्,’ उनले थपे ‘मलाई त नचलेकोलाई नचलेको भन्न लाज लाग्दैन । नेपालमा पाँच/सातवटा चलचित्र चल्ने हो । अरु सबैको व्यापार यस्तै यस्तै हुने हो ।’
धेरैले विदेश चलचित्र प्रदर्शनको लागि सहज हुने भन्दै नेपालमा व्यापारको गलत आँकडा प्रस्तुत गर्ने गरेको उनी दाबी गर्छन् ।
कमेडी र सस्पेन्स चलचित्रमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ ।
गाउँबाट शहर पुगेर डेरा गरी बस्ने बेरोजगार युवाहरूको कथावस्तुमा चलचित्र आधारित छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा सौगात र सलोनका अलावा सरोज खनाल, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, कस्मिरा लामा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।
अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद रहेको चलचित्रमा करुणा अर्याल र संगम भट्टले लगानी गरेका हुन् ।
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् । बिहीवार काठमाडौंमा आयोजित पत्र...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...
एन्जेलिना जोलीको अभिव्यक्तिले हलिवुडमा एकपटक फेरि उथलपुथल शुरु भएको छ । एक सेलिब्रेटीलाई गरिएको हिंसाको घटना अदालतसम्म पुगेको छ । जोनी डेप र एन्बर हर्डको मुद्दापछि हलिवुड इन्डष्ट्रीका चर्चित कलाकार ब्राड पिट र ...
आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्...
लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...
अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीवार सम्झौता भएको छ । मुम्बईमा दुईबीच नेपाली फिल्म &l...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...