साउन २९, २०७९
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।
कारो फिल्मस्ले बनाउन लागेको फिल्मको निर्देशकका रूपमा उनी अनुबन्धित भएका हुन् ।
निर्माण कम्पनी कारो फिल्मस्की प्रबन्ध निर्देशक निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सम्झौता भएको छ ।
निर्देशक फाइनल भए पनि कलाकारहरू भने तय भइसकेका छैनन् । चाँडै नै कलाकारहरू समेत तय गरिने निर्माण कम्पनी कारो फिल्मस्ले जनाएको छ ।
निर्माण कम्पनीले उपन्यासजस्तै फिल्मलाई पनि रोचन बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ । ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रुगते’ गरी ३ फिल्म निर्देशन गरेका भट्टराईका ३ वटै फिल्म व्यावसायिक रूपमा सफल छन् ।
चर्चित उपन्यासमाथि बन्न लागेको फिल्म निर्देशनको जिम्मेवारी पाउँदा डबल खुशी भएको निर्देशक भट्टराईले बताएका छन् । ‘नयनराज पाण्डे दाइको अत्यन्तै मन पराइएको उपन्यास ‘लू’माथि फिल्म बन्दा मात्रै पनि म खुशी हुने थिएँ । अझ ‘लू’को निर्देशन गर्ने जिम्मेवारी मैले पाउँदा झन् डबल खुशी भएको छु,’ भट्टराईले फेसबूकमा लेखेका छन्, ‘डर पनि छ, उत्साह पनि छ अनि राम्रो टीम अप गरेर ‘लू’लाई राम्रो फिल्म बनाउने विश्वास पनि छ ।’
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...
नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाको...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...