साउन २९, २०७९
बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको...
जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ ।
जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङ्गलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाई गरेको छ ।
नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशिदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित विदाई गरे । नेपाली टिम मङ्गलबार नै भारतको असाम प्रस्थान गर्ने छ ।
सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षणमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन् ।
अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशिदेवल युथ क्लबले नै व्यहोरेको जानकारी गराए ।
उनले प्रतियोगितामा खेल्न दुई लाखभन्दा बढी रुपैयाँ लाग्ने जानकारी दिए । खेलाडी विदाई कार्यक्रममा ग्रेडिङ पाउने आफ्ना खेलाडीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको...
फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ ।एन्फा सहयोग र जिल्ला फुटबल सङ्घ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेश राजधानी सुर्खेतमा आज सम्पन्न भए...
नेपाली फुटबलर मनिष डाँगी बहराइनको फुटबल क्लबमा अनुबन्धित भएका छन् । उनी हाल राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर हुन् । डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको हो । क्ल...
नेपाली क्रिकेटका नयाँ प्रशिक्षक शनिबार नेपाल आइपुग्दैछन् । क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउने क्यानका म्यानेजर विनोद दासले जानकारी दिए । प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार न...
अफगानस्तानका लेगस्पिनर राशिद खान लगातार तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा विकेट विहीन बनेका छन्। घरेलु टोली आयरल्याण्डविरुद्धको जारी सिरिजमा उनले यस्तो खराब कीर्तिमान बनाएका हुन्। पहिलो खेलमा विना विकेट...
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...