×

NMB BANK
NIC ASIA

रुस-युक्रेन युद्ध

युद्ध अन्त्य गर्ने जेलेन्स्कीको चाहना, भेटिएला उनले चाहेजस्तो युक्रेन माथि पर्ने विकल्प ?

असार १४, २०७९

NTC
Sarbottam
Photo : Sergei SUPINSKY / AFP
Premier Steels
Marvel

रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाही चलाएको १२५ दिन पुगिसक्दा पनि टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि राष्ट्रपति भोलोदीमीर जेलेन्स्की समेत आजित भइसकेका छन् । 

Muktinath Bank

सोमवार जी७ मुलुकहरूको बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीले सन् २०२२ को अन्त्यसम्मका युद्ध टुंगिने आफ्नो चाहना रहेको बताए । आउँदो जाडो महिनासम्म युद्ध नतन्कियोस् भन्ने कुरा सुनिश्चित गर्न उनले जी७ मुलुकहरूलाई आग्रह गरेको बेलायती पत्रिका दी इन्डिपेन्डेन्टले खबर दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एडम फोरेस्टको बाइलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार, जेलेन्स्कीले पश्चिमी नेताहरूलाई थप हातहतियार दिन पनि अनुरोध गरेका छन् तर युद्ध चाँडै टुंगिए हुन्थ्यो भनेर इच्छा पनि व्यक्त गरेका छन् । कठ्यांग्रिदो जाडोमा रुसी सैनिकहरूसँग लड्न निकै गाह्रो हुनाले युद्ध त्यसअघि टुंगिनुपर्ने र त्यसका लागि जी७ले अत्यधिक प्रयास गर्नुपर्ने जेलेन्स्कीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

जेलेन्स्कीकै निराशालाई प्रतिबिम्बित गर्दै अमेरिकी अधिकारीहरूले पनि युक्रेन गुमेको भूभाग फिर्ता लिन असमर्थ रहेको बताएका छन् । सीएनएनमा नताशा बर्ट्रान्डले तयार पारेको सामग्रीमा उल्लेख गरिएअनुसार, अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई भारी हातहतियार सहयोग गर्ने भने पनि रुसले खोसेको भूभाग युक्रेनले फिर्ता लिन सक्ने सम्भावना न्यून छ । डोनबास क्षेत्रको सेभेरोडोनेत्स्क रुसको नियन्त्रणमा पुगिसकेको र लिसिचान्स्क पनि युक्रेनी आधिपत्यबाट फुत्किन लागिसकेको सन्दर्भमा अमेरिकीहरू निराश भएका हुन् । 

Vianet communication
Laxmi Bank

यस्तो अवस्थामा युद्ध टुंग्याउनका लागि कुन आधार लिने भन्ने विषयमा जेलेन्स्की र पश्चिमाहरूबीच छलफल चलिरहेको संकेत पाइन्छ । जी७ बैठकलाई सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले युक्रेनी भूभाग सुम्पिने शर्तमा शान्ति सम्झौता स्वीकार नगर्ने बताए । आफूहरू बलियो पोजिसनमा रहेर मात्र सम्झौता गर्ने उनको भनाइ छ । 

युद्ध टुंग्याउनका लागि कुन आधार लिने भन्ने विषयमा जेलेन्स्की र पश्चिमाहरूबीच छलफल चलिरहेको संकेत पाइन्छ । जी७ बैठकलाई सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले युक्रेनी भूभाग सुम्पिने शर्तमा शान्ति सम्झौता स्वीकार नगर्ने बताए । आफूहरू बलियो पोजिसनमा रहेर मात्र सम्झौता गर्ने उनको भनाइ छ । 

उता अमेरिकी राष्ट्रपति जो बाइडनका सल्लाहकारहरूले युक्रेनी विजयलाई जेलेन्स्कीले कसरी परिभाषित गर्नुपर्ने हो भनी आन्तरिक छलफल शुरू गरेका छन् । युक्रेनी भूभाग २० प्रतिशतले घटिसकेको अवस्थालाई जेलेन्स्कीले सम्बोधन गर्नुपरेको कटु यथार्थलाई अमेरिकीहरूले बुझेका छन् । 

त्यसैले अझै पनि युद्धको दिशा बदलिने र युक्रेनले आफ्नो भूभाग फिर्ता लिने सम्भावना रहला भनी अमेरिकीहरूले थप हातहतियार सहयोग जारी राख्ने भएका छन् । बाइडन प्रशासनले गत साता मात्र युक्रेनलाई थप ४५ करोड डलर बराबरको सुरक्षा सहायता उपलब्ध गराउने निर्णय लिएको छ । त्यसमा थप रकेट लोन्चर सिस्टम, आर्टिलरी गोलीगट्ठा र गश्ती डुंगाहरू पनि पर्छन् । 

त्यससँगै अमेरिकाले युक्रेनका लागि अत्याधुनिक जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली किनेको घोषणा पनि यसै साता गर्दैछन् । नर्वेमा बनेको नासाम्स क्षेप्यास्त्र प्रणालीले युक्रेनलाई मध्यमदेखि लामो दूरीको प्रतिरक्षा उपलब्ध गराउने दी एसोसिएटेड प्रेसले खबर दिएको छ ।

उक्त हतियार प्रणालीमा आकाशबाट आकाशमा मार हान्ने एआईएम–१२० मध्यम दूरीको क्षेप्यास्त्र तथा जमीनबाट आकाशमा मार हान्ने एआईएम–९एक्स क्षेप्यास्त्र छन् । त्यससँगै अमेरिकाले रेडार प्रणाली पनि उपलब्ध गराउने भएको छ ।

त्यसमार्फत रुसका बमवर्षक विमान तथा क्षेप्यास्त्रलाई तारो बनाउन खोजिएको सैन्य विश्लेषकहरू बताउँछन् । यसो गर्दा कतै युद्ध चर्किएर नेटोसमेत जोडिने त हैन भनी विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

तर पश्चिमले जतिसुकै हतियार उपलब्ध गराए पनि त्यसको सञ्चालन शक्ति नै युक्रेनले गुमाइसकेको देखिन्छ । द गार्डियन पत्रिकामा पिटर बोमोन्टले लेखेअनुसार, युक्रेनका पश्चिमी साझेदारहरूले नेटोको स्तरको हातहतियार उपलब्ध गराउन खोजेको भए पनि द्वन्द्व चलिरहेको बेलामा युक्रेनी सेनालाई त्यो हतियार चलाउने तालिम दिएर सशक्त बनाउन सम्भव छैन । 

मुख्य कुरा त, युक्रेनका प्रशिक्षित तथा युद्ध अनुभवी सैनिकहरूको संख्या निकै घटेर गएकाले पश्चिमी हतियार चलाउने जनशक्तिको अभाव छ । युक्रेनबाट छुट्टिएको घोषणा गरेको डोनेत्स्क जनगणतन्त्रका सूचना उपमन्त्री ड्यानील बेसोनोभले गत फेब्रुअरी महिनामा रुसले विशेष सैन्य कारवाही शुरू गरेयता युक्रेनका ५० हजारभन्दा बढी सैनिक मारिइसकेको बताएका छन् । लडाइँका लागि तयारी अवस्थामा रहेका अधिकांश युक्रेनी सैन्य इकाइहरू कि त नष्ट भइसकेका छन्, कि रुससामु आत्मसमर्पण गरिसकेका छन् । 

बेसोनोभको भनाइलाई पुष्टि गर्ने गरी सेभेरोडोनेत्स्कमा खटिएका एक युक्रेनी मरिन कम्पनी कमान्डर ओलेक्जान्डरले आफ्ना प्रशिक्षित सैनिकहरूमध्ये ८० प्रतिशतको मृत्यु भएको वा उनीहरू पुनः लड्न नसक्ने गरी घाइते भएको स्वीकार गरेका छन् । बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा उनले प्रशिक्षित सैनिकहरू मारिएको अवस्थामा अप्रशिक्षित सैनिकहरूलाई अग्रमोर्चामा छोटो तालिम दिएर पठाउनुपरेको बताए । 

कतिपय रुसी पत्रकारहरूका अनुसार, युक्रेनले कैदीबन्दी र गृहिणी महिलालाई समेत हतियार दिएर अग्रमोर्चामा पठाइरहेको छ । त्यस्ता अप्रशिक्षित सैनिकहरूले जटिल हतियार प्रणाली सफल रूपमा प्रयोग गर्लान् भन्न सकिन्न ।

त्यसैले पश्चिमको नयाँ हतियारको बलमा युद्धको दिशा बदल्ने र बलियो भएर रुससँग सम्झौता गर्ने जेलेन्स्कीको भनाइ पूर्णतः अवास्तविक छ । गुमेको भूभाग सुम्पेर रुसलाई युद्ध रोक्नका लागि अपील गर्नुबाहेक अर्को विकल्प जेलेन्स्कीसँग नरहेको देखिन्छ । 

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नचाहुन्जेलसम्म यो युद्ध रोकिने छैन । डोनबास क्षेत्रलाई युक्रेनी दमनबाट मुक्त गर्ने तथा युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरण गर्ने आफ्नो लक्ष्य पूरा नहुन्जेल रोकिने आवश्यकता पुटिनले देखेका छैनन् । त्यसबाहेक युक्रेनी तटस्थतालाई संविधानमै उल्लेख गर्ने शर्त पनि युक्रेनले मान्नुपर्ने पुटिनको धारणा छ । 

किएभलाई बाहिरी दबाब वा प्रभावमा शान्ति सम्झौताका लागि बाध्य नबनाइने जी७को भनाइ छ । यसो भनेर जी७ले शान्तिवार्ताको जिम्मेवारी युक्रेनमाथि नै थोपरेको छ । बाहिर जे भने पनि युक्रेनले भूभाग गुमाएर समेत शान्तिवार्ता गरे हुन्थ्यो भन्ने अमेरिका तथा पश्चिमीहरूको भित्री चाहना देखिन्छ । 

यस्तो अवस्थामा पश्चिमले युक्रेनको हितका लागि गर्न सक्ने योगदान खासै देखिँदैन । जी७ मुलुकका नेताहरूले जेलेन्स्कीसँगको छलफलपछि जारी गरेको विज्ञप्तिमा युक्रेनलाई अनन्तकालसम्म आर्थिक, सैन्य र राजनीतिक सहायता उपलब्ध गराइरहने उल्लेख छ । अझ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पश्चिममा युद्ध थकान आउन नहुने बताएर युद्ध लम्ब्याउनुपर्ने संकेत दिएका छन् ।

त्यसो त भविष्यमा गरिने शान्ति सम्झौताका विषयमा युक्रेनले नै निर्णय लिनुपर्ने जी७को विज्ञप्तिमा उल्लेख छ । किएभलाई बाहिरी दबाब वा प्रभावमा शान्ति सम्झौताका लागि बाध्य नबनाइने जी७को भनाइ छ । यसो भनेर जी७ले शान्तिवार्ताको जिम्मेवारी युक्रेनमाथि नै थोपरेको छ । बाहिर जे भने पनि युक्रेनले भूभाग गुमाएर समेत शान्तिवार्ता गरे हुन्थ्यो भन्ने अमेरिका तथा पश्चिमीहरूको भित्री चाहना देखिन्छ । 

तैपनि रुसलाई तर्साउन सकिन्छ कि भनी नेटोले तीन लाख सैनिकलाई उच्च सतर्कताको स्थितिमा राख्ने घोषणा गरेको छ । अहिले उच्च सतर्कतामा रहेका ४० हजार सैनिकको संख्या रुसी जोखिमलाई मद्देनजर गर्दै ह्वात्तै बढाइने घोषणा नेटो महासचिव जेन्स स्टोल्टनबर्गले गरेका छन् । रुसका विरुद्ध नेटोको आगामी रणनीति के हुने भनी आजदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनमा चर्चा गरिनेछ । उक्त बैठकमा चीनका विषयमा कुरा गरिने बताइएको छ ।

तर नेटो र रुसको भिडन्त नहोस् भनी विशेषगरी युरोपेली नेताहरू सचेत छन् । जर्मनीका चान्सलर ओलाफ शोल्जले युक्रेनलाई सहायता गर्न जी७ले कठोर निर्णयहरू लिइरहेको अनि नेटो र रुसबीचको ठूलो द्वन्द्वको सम्भावनालाई पनि टार्न खोजेको बताएका छन् । अमेरिकाले युक्रेनलाई लामो दूरीको हतियार दिएर रुसी विमानहरूलाई तारो बनाउन सहायता गर्ने हो भने त्यस्तो भिडन्तको सम्भावना प्रबल बन्नेछ । रुसले आफ्ना अत्याधुनिक उम्दा हतियार युक्रेनविरुद्ध प्रयोग नगरेर नेटोसँगको सम्भावित भिडन्तका लागि तयारी अवस्थामा राखेको कतिपयको भनाइ छ ।

जे होस्, युद्ध रुसको पक्षमा जान थालेपछि युक्रेन र पश्चिम अब यसलाई टुंग्याउनका लागि आतुर देखिएका छन् । यसलाई युक्रेनी विजयका रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा मात्र सहमति बन्न बाँकी छ । 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x