साउन ३०, २०७९
उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।
नेपाल र अष्ट्रेलियाबीच ६० वर्ष भन्दा पूरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको अध्यक्ष मल्लले बताए ।
अष्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए ।
उनले जडिबुटी एवं खानी जन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वल्कलाई आग्रह गर्दछु ।’
अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे ।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले भने, अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’
नेपालका विद्यार्थीहरू अष्ट्रेलियमा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाहरूबाट नेपाली शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए ।
यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।
जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताइन्।
नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैँ गर्व गर्ने उनको भनाइ छ ।
नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरू अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।
वल्कले भनिन्, ‘नेपालबाट बार्षिक ५० हजार विद्याथीलाई अष्ट्रेलियाले अध्ययन भिषा उपलव्ध गराउँदै आएको छ । अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’
नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।
उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...
देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...
अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् । सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिष...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...