×

NMB BANK
NIC ASIA

ओलीको बोली

एसपीपीमा आफूमाथि आरोप लगाइएपछि प्रचण्डप्रति ओलीको आक्रोश- योभन्दा ढाँट र फट्याइँ के हुन्छ ?

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा आफ्नो नाम जोडेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश जनाएका छन् । उनले एसपीपीको अहिले सार्वजनिक भएको घातक ड्राफ्ट अहिलेको सरकारले बनाएको आरोप लगाए ।

Muktinath Bank

मदन भण्डारी फाउण्डेसनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनका नेताहरूले राष्ट्रियताको विषयलाई तमासाको विषय बनाएको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एसपीपी केपी ओलीको समयमा ल्याएको थियो भनेर एकजना नेताले भनिरहेका छन्, मैले रोकाएँ भनेर भनिरहेका छन् । योभन्दा बढ्ता ढाँट र फट्याइँ के हुन्छ ?,’ प्रचण्डप्रति ओलीले भने, ‘एसपीपीको ड्राफ्ट यसअघि कसैले पत्र लेखेको थिएन, यो घातक छ । जनताले आवाज उठाएपछि गठबन्धन पछि हटेको हो ।’


Advertisment
Nabil box
Kumari

ओलीले एमसीसीको विरोध गरेका प्रचण्ड पछि लाचार भएर पारित गर्न राजी भएको बताए । ‘एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहालले सम्झौता गर्नुभयो, उहाँहरूले पास गर्नुभयो । बीचमा किन सडक भत्काउनु परेको थियो, किन प्रहरीसँग झडप गर्नुपरेको थियो ?,’ ओलीले भने, ‘सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने, अर्कोतिर पास हुँदै हुन्न भनेर झुट बोलेर, दोहोरो भूमिका खेलेर लाचार भएर पास गर्नुभयो, जनतालाई धोका दिएर पास गर्नुभयो ।’ 

Vianet communication
Laxmi Bank

प्रचण्डको भूमिकाप्रति ओलीले थप प्रश्न गर्दै भने, ‘पहिला यो राष्ट्रहितविपरीत भनेर किन उफ्रिनु भयो ? सभामुखको पद जाने अवस्था भएपछि पास गर्नुभयो । सभामुखको पदसँग साट्ने कुरा हो राष्ट्रियता ?,’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x