×

NMB BANK
NIC ASIA

जहाँ घर सार्‍यो, त्यहीँ खोला सर्‍यो : तिलमाया भण्डारी ३ पटक बेघर !

असार १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको सिंघिया खोलाले विराटनगर महानगरपालिका–८ की तिलमाया भण्डारीको घर ३ पटक बगाइसक्यो । खोलाले धार परिवर्तन गर्दै उनको घर ३ पटक बगाएको हो ।

Muktinath Bank

विक्रम संवत् २०७४, २०७८ र २०७९ सालमा उनको घर बगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालमा पहिलोपटक उनको घर बगाइएको थियो । त्यसपछि उनले खोलाभन्दा केही पर आफ्नै नम्बरी जग्गामा पुनः घर बनाइन् तर २०७८ मंसिर १ गते आएको बाढीले पुनः घर बगायो ।


Advertisment
Nabil box
Kumari

भाग्यले साथ नदिएको भन्दै उनले तेस्रो घर पनि बनाइन् । घर बनाएको १ वर्ष नबित्दै उनले त्यो घर पनि छाडेर हिँड्नुपरेको छ ।

Vianet communication
Laxmi Bank

मंगलवारको अविरल वर्षासँगैको बाढीले उनको घर क्षतिग्रस्त भएको छ । ‘घरको आधा भाग चर्केको छ,’ तिलमायाले भनिन्, ‘खोला पनि घरको छेउमै आइपुग्यो ।’

उनी विराटनगर महानगरपालिका–८ मा बस्दै आएको १५ वर्षभन्दा बढी भयो । ३ जना संघीय सांसद र १ जना प्रदेश सांसद तथा २ जना मेयरलाई भोट हालेर जिताइन् उनले । 

‘खोलामा तटबन्ध गरिदिन्छौ’ भनेर उनीसँग भोट मागेका नेताहरूले सुनुवाइ नगरेपछि उनी सुकुम्वासी हुन पुगेकी छन् ।

मंगलवार उनको घरमा पुग्दा छरछिमेकीहरू उनका घरका सामग्री सडकमा निकालिरहेका थिए । घर बगाउन लागेको थाहा पाएपछि  भण्डारीको घरमा पुगेका वडाध्यक्ष राम पोख्रेलसँग उनले आँखाभरि आँसु पार्दै केही दिनका लागि बस्ने ठाउँको व्यवस्था मिलाइदिन आग्रह गरिन् ।

विराटनगर–८ का मात्रै ४० परिवार विस्थापित छन् । अध्यक्ष पोख्रेलका अनुसार डुबानमा परेकालाई त्रिपाल टागेर राखिएको छ । प्रदेश र संघीय सरकारले बजेटको व्यवस्थापन नगरेसम्म यस्तै समस्या हुने उनी बताउँछन् ।
 
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १८३ घर डुबान हुँदा ७२३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको मोरङ प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x