×

X
Nic Asia
Dabur
Marvel

टी–ट्वान्टी क्रिकेटको उपाधि राधेमाईलाई

काठमाडाैं | असार १४, २०७९

Premier Steels
TVS INSIDE
British college

अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट  प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्दै उपाधि जितेको हो । मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ८२ रन बनायो । नेक्ससले ११.४ ओभरमा सबै विकेट गुमाएर मात्र ४३ रन बनाउन सक्यो । 

IME BANK INNEWS

राधेमाईका लागि सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । बलिङतर्फ नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ब्याटिङतर्फ नेक्ससका सन्दीप विष्टले ३० रन बनाए  । नेक्सससलाई सस्तैमा समेट्ने क्रममा राधेमाईका अनिश साह कानु एक्लैले ५ विकेट लिए । उपाधिसँगै राधेमाईले रु एक लाख पुरस्कार हात पा¥यो भने उपविजेतामा सीमित नेक्ससले रु ७५ हजार प्राप्त ग¥यो ।

मोफसलको टोलीले उपाधि जितेको यो तेस्रो पटक हो । पहिलो संस्करणमा महेन्द्रनगरको सनराइज र दोस्रोमा वीरगञ्जको युनाइटेड क्लबले उपाधि जितेको थियो । प्रतियोगितामा राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर घोषित भए । नेक्ससका उत्तम थापामगर उत्कृष्ट ब्याट्र चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौँ क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते ।


Advertisment
mahindra Box
Saurya island

विजेतालाई काठमाडौँ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले पुरस्कार प्रदान गरे । यही असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका पाँचसहित १२ टोली सहभागी थिए । 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको ...

भदौ ३, २०७९

पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ । बिहीबार भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो । घरेलु...

भदौ २, २०७९

भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङल...

भदौ ३, २०७९

नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित ग¥यो । आर्मीका आयु...

भदौ १, २०७९

 सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ । पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्य...

भदौ १, २०७९

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x