भदौ ३, २०७९
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना ग...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए । “कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा उल्लेख छ ।
यस वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान दिवस मनाइँदै छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसायमा लागेका नेपालीले पनि आज दही, चिउरा खाई असार १५ मनाउँछन् ।
धान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ, दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै “असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न अनुरोध गरेका छन् । रासस
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना ग...
बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको...
प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन्। प्रदेश नं...
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भ...
तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...