×

NMB BANK
NIC ASIA

१९ जना सहसचिवको सरुवा, को कहाँ ?

असार १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ सहसचिवको सरुवा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

असार १३ गतेको निर्णयले सहसचिवहरूको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रघुराम विष्टले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विष्टका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका गोपाल अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसै गरी अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र त्यहाँका धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

Vianet communication
Laxmi Bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यलाई सोही मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ भने खानेपानीमा अतिरिक्तमा रहेका शोभाकान्त पौडेलको सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठलाई स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ । 

यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका नेत्रप्रसाद सुवेदीको सोही मन्त्रालयको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय वा अन्तर्गतका रामप्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानून, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, गृह मन्त्रालय वा अन्तर्गतका नारायणप्रसाद भट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा गरिएको छ । 

निश्चलराज पाण्डेको विराटनगर महानगरपालिकाबाट राष्ट्रिय दलित आयोग र आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायणप्रसाद सापकोटाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x