साउन २८, २०७९
तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...
ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् ।
यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।
नेपालमा चलचित्रको टाइटल टिजर सार्वजनिक भएको बिरलै देख्न र सुन्न पाइन्छ ।
निर्देशक देउजाले सार्वजनिक टाइटल टिजरबाट चलचित्रको कथासार बुझाउन खोजेकोे बताउँछन् । निर्माता समेत रहेका उनले ‘झिँगेदाउ’को अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नुपरेको बताए ।
आगामी भदौ १७ गतेबाट नेपालभरका चलचित्र हलमा रिलिज यो चलचित्र रिलिज हुनेछ । चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रूपमा चलचित्रको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।
कपनगढी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रूपमा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्टको मुख्य भूमिका छ । चलचित्रमा केकी र आँचल जेठानी–देउरानीको भूमिकामा देखिने छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको, केही दिनअघि श्रीकाली चौरमा खिचिएको चलचित्रको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भइरहेको छ ।
तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...
नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाको...
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुन: अभिनेता कृष्ण मल्ल चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा ...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...