×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ–
००००
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । 
न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन सकिने राय दिएका छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । 
००००
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिए ।
००००
काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाको नमूना परीक्षणमा हैजा संक्रमण पुष्टि भएको हो । पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।  यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । 
केपी ओली प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्दार रहेको उनले बताए । 
विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने बताएका हुन् ।
००००
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । 
वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।
००००
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवार प्रदेश सभामा जानकारी गराएका छन् ।
००००
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा बुधबार खेतमा काम गरी दहीच्युरा खाएर मनाइयो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । धान दिवसर सरकारले खुमलटारमा एक कार्यक्रम गरी मनायो भने स्थानीयस्तरमा पनि मनाइयो । 
यसैक्रममा पोखरामा पनि धान दिवस मनाइएको छ ।  रोपाइँ कार्यक्रममा नेपाली मात्रै नभएर विदेशी पर्यटकहरू पनि रमाए । असारे गीत गाउँदै नाच्दै रमाइलो गरिएको थियो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् ।
अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए ।
००००
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् ।  यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए ।  बुधबार असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म संगठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई र्पुयाउनुपर्नेमा जोड दिए ।
००००
सप्तकोशी ब्यारेजको कुल  ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो । 
 बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा डुबान तथा पहिरोको समस्या देखिएको छ । साथै विभिन्न सडकहरु पनि अवरुद्ध बनेका छन् । 
००००
काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले महर्जनविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । 

Muktinath Bank

वडाध्यक्ष महर्जनले ज्येष्ट नागरिक महानगर प्रोत्साहन भत्ताबापत पाउनुपर्ने १२ हजार रुपैयाँ रकम दुरुपयोग गर्ने मनसायले सरकारी कागज किर्ते गरेको बताइएको छ ।
००००
काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा बुधबार भएको आगलागीबाट धनमालमा क्षति पुगेको छ ।   आगलागीमा मानवीय क्षति भएको छैन । प्रारम्भिक अनुसन्धानमा ४–५ करोडसम्मको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । 
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् । 
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षणमध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन  पोजिटीभ देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x