×

NMB BANK
NIC ASIA

आउन थाले तीजका गीत

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । 

Muktinath Bank

लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थरी भोले’बोलको तीज गीत बिहीवार बिहानमात्रै सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस गीतका शब्द प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्षसमेत रहेका सर्जक एवं गायक रविन लामिछानेले लेखेका हुन् । गायक खुमनकै संगीत रहेको गीतलाई सुनिल परियारले एरेन्ज गरेका छन् । 


Advertisment
Nabil box
Kumari

गायत्री थापाको निर्देशन रहेको गीतको भिडियोमा गायक खुमन अधिकारी स्वयंसँगै मोडल अञ्जली अधिकारी र अभिषेक खड्का प्रस्तुत छन् । 

Vianet communication
Laxmi Bank

जेरी भण्डारीको छायाँकन रहेको भिडियो नविन घर्ती मगरको सम्पादनपछि ‘शिव दर्शन फिल्मस्’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

गायिकाद्वय एलिना चौहान र स्वस्तिका ढकालको स्वरमा ‘भो माया चाहिँदैन्’बोलको तीज गीत पनि सार्वजनिक भइसकेको छ । 

गम्भिर विष्टको निर्देशनमा तयार यस गीतको भिडियोमा मोडलद्वय गीता ढुंगाना र कविता न्यौपानेको नृत्य रहेको छ । गायिका सुजाता पाण्डेको स्वरमा ‘नाच्छु मजैले’बोलको तीज गीत पनि सार्वजनिक भैसकेको छ । मनिष पन्तको निर्देशनमा तयार भिडियोमा मोडल अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ ।

गायक एवं सर्जक सन्तोष केसीले अञ्जु पन्त र बादल थापा मगरको स्वरमा ‘सिम सिमे बर्खाको पानी’बोलको तीज गीत सार्वजनिक गरिसकेका छन् । निर्देशक प्रकाश भट्ट, काजिश श्रेष्ठ, स्मृति तिमिल्सिना ‘गुरुआमा’ लगायतको निर्देशनमा छायाँकन भएका तीज गीतहरू पनि छिट्टै सार्वजनिक हुने तयारीमा छन् ।

यस वर्षको तीज भदौ १४ गते परेको छ । 

तीजलाई लक्षित गरेर हरेक वर्ष दर्जनौं गीतहरू सार्वजनिक हुँदै आएका छन् ।

तीज गीतमा हरेक वर्ष विकृतिका कुराहरू सुन्ने गरिन्छ । केही कलाकारहरूले भाइरल हुने मोहमा दुईअर्थी अपाच्य खालका तीजगीतहरू समेत ल्याउँदै आएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू नल्याउन हरेक वर्ष अपिल समेत गर्दै आएको छ ।

यसवर्ष पनि दोहोरीगीत प्रतिष्ठानले अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गर्दै अपिलपत्र जारी गरिसकेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x