×

NMB BANK
NIC ASIA

जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप घोषणा

असार १६, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ ।

Muktinath Bank

विगत २ वर्ष पहिलेदेखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न १ वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।


Advertisment
Nabil box
Kumari

पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो । जसअनुसार ७ वडा उत्कृष्ट ७ जना स्वयंसेविका र स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ । 
 
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोपपालिका घोषणा हुनु गौरवको विषय भएको बताए । उनले भने, ‘यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसनीय छ ।’

Vianet communication
Laxmi Bank

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दीगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको बताए । बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने उल्लेख गरे ।

२०३० सम्म नेपाललाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ । पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति र नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढंगले अघि बढ्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x