असोज १६, २०८०
निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर थप २ अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् ।
थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रवार असार १७ (जुलाई १) र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलोपटक नियमित उडान शुरू गर्न लागेको हो भने श्रीलंकन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रवारदेखि काठमाडौं–बैंकक सिधा उडान शुरू गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेसनल ट्राभल रहेको छ ।
थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान शुरू गरेको थियो ।
कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।
श्रीलंकन एयरलाइन्सले हप्तामा ७ वटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जीएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको ४ उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतवार, सोमवार, मंगलवार र बिहीवार गरी नियमित ४ वटा उडान गर्दै आइरहेको छ ।
एयरलाइन्सले अमेरिका, अस्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्ड लगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर हप्तामा ७ उडान गर्ने अनुमति पाएको छ ।
कम्पनीले अमेरिका, अस्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्ड लगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टीआईए भएर २ नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् ।
टीआईएमा कोभिड महामारीपूर्व नेपालका ३ सहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।
नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लोपटक सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।
निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...
मंगलवार दिउँसो गएको भूकम्पको असरले बझाङमा विद्यालयबाट फर्किरहेका विद्यार्थी र सडकमा काम गरिरहेका मजदुरहरू घाइते भएका छन् । भोपुरमा सुख्खा पहिलो र खस्दा ३–४ जना विद्यार्थी र जालेबगरमा ढुंगाले ल...
पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्...
नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्थ...
पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...