साउन ३१, २०७९
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
काठमाडाैं | असार १६, २०७९
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै पाण्डेले केन्द्रको सहमति र गठबन्धनको स्प्रीटअनुसार अगाडि बढ्ने उल्लेख गरेका हुन् ।
‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरूपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाटै हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्,’ पाण्डेले ट्वीट गरेका छन् ।
मुख्यमन्त्री बन्ने समयमा भएको सहमति कार्यान्वयनमा पाण्डे राजी नभएको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदले बिहीवार हस्ताक्षर संकलन गरेका थिए ।
नेकपा एसकी प्रभावशाली नेतृ मुनु सिग्देलले कांग्रेस र माओवादीका सांसदहरूले गरेको हस्ताक्षर अविश्वासको प्रस्तावका लागि नभएको दाबी गरिन् ।
‘भोलि नयाँ सरकार बन्यो भने त्यसका लागि हस्ताक्षर चाहिन्छ भनेर संकलन गर्नुभएको बुझेका छौं, अविश्वास प्रस्तावका लागि होइन,’ सिग्देलले लोकान्तरसँग भनिन्, ‘केन्द्रमा सहमति भयो भने मुख्यमन्त्री बाधक बन्नु हुन्न ।’
पाण्डे मुख्यमन्त्री बन्ने समयमा आधा-आधा कार्यकाल बाँड्ने सहमति गरेका थिए । स्थानीय तहको चुनावलगत्तै कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । पाण्डे २०७८ कात्तिक ११ गते मुख्यमन्त्री बनेका थिए ।
बागमती प्रदेश सभामा नेकपा माओवादीका एक नेताले पाण्डेले मुख्यमन्त्री छाड्न आनाकानी गरेकाले हस्ताक्षर संकलन गर्नु परेको बताए ।
‘नेकपा एसका नेताहरूमा पद त्याग्न मुश्किल परेको देखियो, केन्द्रको पुनरावृत्ति प्रदेशमा पनि हुने हो कि भनेर हस्ताक्षर गर्नुपर्ने बाध्यता आइपर्यो,’ ती नेताले भने ।
नेपाली कांग्रेसका नेताहरूले भने मुख्यमन्त्रीविरुद्ध शुरू गरिएको हस्ताक्षरले गठबन्धनमा असर नपर्ने दाबी गरे ।
‘हाम्रै जोडबलले उहाँ मुख्यमन्त्री बन्नुभएको हो । अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बेलामै आलोपालो सरकारको सहमति भएको हो,’ बागमती प्रदेशका एक कांग्रेस सांसदले भने ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनुअगावै पाण्डेले राजीनामा गर्ने नेकपा एस स्रोतले बतायो ।
‘चुनावमा गठबन्धन गरेर जाने तयारी भएका बेला गठबन्धनबाटै अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँदैन,’ एसका एक नेताले भने ।
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको आरोप लाग्ने गरेको...
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकको लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले अस्पतालमा न...
दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...
लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन न...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...