×

Dabur
MG

बढुवा भएका सस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

असार १६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

yONNEX
Sagarmatha Cement
Kumari

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बिहीवार आयोजित एक समारोहमा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को असार १३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) असार १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङतर्फका २ जना गरी ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका थिए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए । उनले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भई सकारात्मक सोच र इमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।  


Advertisment
Tezz
Berger
Pardeshi

उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा बढुवा तथा वृत्तिविकास समय सापेक्ष र वैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धति विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्दै आफू मातहतका कर्मचारीहरूलाई प्रशिक्षित गर्दै विपद् उद्धारलगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी इमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...

असोज १६, २०८०

पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।       पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्...

असोज १६, २०८०

  भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया ...

असोज १६, २०८०

 गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त...

असोज १६, २०८०

नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्थ...

असोज १६, २०८०

निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।  जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x