साउन २९, २०७९
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...
काठमाडाैं | असार १६, २०७९
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा समितिका सदस्यले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरू दिएका नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् । आवश्यक सुझाव समेटेर प्रतिवेदन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने निर्णय भएको पनि उनले बताइन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आजको बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ र आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौं । अधिकांश बोल्ने सदस्यज्यूहरू केन्द्रीय सदस्यहरू हुनुहुन्छ । विभिन्न भातृ संघ तथा शुभेच्छुक संघ, संस्थाका प्रतिनिधिहरू पनि समावेश हुनुहुन्छ यो केन्द्रीय निर्वाचन परिचालन समितिमा । आदरणीय पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बनेको समिति हो । अधिकांश बोल्ने वक्ताहरूले प्रतिवेदनमा समावेश गर्नुपर्ने अन्य समावेश नभएका सुझावहरू दिनुभएको छ । त्यो सुझावलाई आगामी दिनमा समावेश गरेर प्रतिवेदन तयार गर्ने र त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लगेर बैठकमा पनि जानकारी गराउने भन्ने आजको निर्णय भएको छ । प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के–कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौं । त्यो विषयमा समावेश गरिएको छ । गठबन्धनका दलहरूसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ । यो विषय छलफलकै रूपमा छ । उपसमितिहरूले पनि आ–आफ्नो प्रतिवेदन पेश गरेको । त्यसलाई पनि समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।’
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...
विराटनगरका मेयर नागेश कोइरालाले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा गरेको प्रतिबद्धताविपरीत सरकारी गाडी प्रयोग गर्न थालेका छन् । आइतवारदेखि उनले सरकारी गाडी प्रयोग गर्न थालेका जानकारी दिएका छन् ।&...
भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको नि...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकल...
सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहाद...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, क...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...