भदौ ३, २०७९
तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर...
निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ ।
स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेशस्तरीय र आज काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गरेको हो ।
केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौजुदा निर्वाचन नीति एवं कानुनी संरचनामा भएका राम्रा अभ्यास, मतदाता नामावली दर्तादेखि निर्वाचन परिणामसम्म निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या तथा आगामी दिनका लागि सुधारको मार्गचित्र के के हुन सक्छन् भन्ने सम्बन्धमा वस्तुगत सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।
पाँच विभिन्न समूहबाट तयार पारी समूहगत प्रस्तुति पश्चात कार्यशालाको समापन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले कार्यशालाबाट प्राप्तमध्ये आयोगबाट गर्न सकिने अधिकांश सुझावलाई अब आउने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले निर्वाचन आयोगसम्बन्धी विधेयक एवं निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न लागेको बताउँदै उनले कार्यशालाबाट आएका सुझावलाई यी विधेयकमा समेटेर लैजाने बताए ।
केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गर्नुपूर्व आयोगका आयुक्तको उपस्थितिमा सम्पन्न प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्याशालामा आयोगको प्रस्तुति एवं सहभागीलाई विभिन्न पाँच समूहमा विभाजन गरी छुट्टाछुट्टै निर्वाचनका विषयमा समूहगत छलफल गराई निर्वाचनका असल अभ्यास, समस्याको पहिचान एवं सुधारका लागि सुझावहरू प्रदेशगत रूपमा आयोगलाई प्राप्त भएका छन् ।
कार्यशालामा आयोगका आयुक्तहरू, सचिव, सहसचिव, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, आयोगले खटाएका अनुगमन टोली संयोजक, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पर्यवेक्षण संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, आमसञ्चारकर्मी, आयोगका कर्मचारी एवं कार्यशाला सम्बद्ध सरोकारवालातको सहभागिता रहेको थियो ।रासस
तराई मधेशका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेशमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले शहर...
कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा...
प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन्। प्रदेश नं...
दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३३ लाख रुपैयाँमा खरिद ...
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...