भदौ ३, २०७९
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराई...
काठमाडाैं | असार १७, २०७९
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका छन् ।
उनले नयाँ मन्त्रीको नाम बिहीवार प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।
गत सोमवार राति आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार आफूलाई दिने निर्णय गराएपछि अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए।
अध्यक्ष यादवले सरकारमा रहेका आफ्ना पार्टीका सबै मन्त्रीहरू फिर्ता समेत बोलाइसकेको स्रोतको दावी छ ।
अध्यक्ष यादवले नयाँ मन्त्रीमा चर्चा बाहिरबाट पनि नामहरू समावेश गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेष्ठको नाम सिफारिस गरेका छन्।
श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन्। उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो।
विभाजनको संघारमा पुगेको पार्टीमा आफ्नो पक्षमा बहुमत देखाउन अशोक राईको साथ र समर्थन आवश्यक रहेकाले गैर सांसद भए पनि पार्टी भित्रको समर्थन मिलाउन उनको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।
यस्तै नयाँ मन्त्रीका लागि दोस्रो नाम डा. सूर्य नारायण यादवको रहेको छ। सप्तरीबाट निर्वाचित डा. यादवलाई रामसहाय यादवको स्थानमा वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ।
अध्यक्ष यादवको चुनावी क्षेत्र सप्तरीमा स्थानीय चुनावमा नराम्ररी हार व्यहोरेका अध्यक्ष यादवले प्रतिनिधि सभाको चुनावमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिस गरेको बताइएको छ ।
बालुवाटारमा बुझाइएको नयाँ मन्त्रीको नामावलीमा डा सुरेन्द्र यादवको पनि नाम छ।
कृषि तथा पशुपालन मन्त्रीमा रहेका महेन्द्र राय यादवलाई हटाएर डा. सुरेन्द्र यादवको नाम समावेश गरिएको छ।
ओली सरकारमा भएको चर्चित सांसद अपहरण काण्डमा उनको नै अपहरण भएको थियो ।
पछिल्लो पटक डा.यादव केही समयको लागि स्वास्थ्य राज्य मन्त्री पनि भएका थिए।
मन्त्रीको नामावलीमा चौथो नाम मोहम्मद इस्तियाक राईको रहेको छ।
रेणु यादवले सम्हालेको भौतिक निर्माण तथा यातायात मन्त्रालयमा इस्तियाक राईलाई सिफारिस गरिएको छ।
पश्चिम तराईको प्रतिनिधि र मुस्लिम समुदायलाई खुशी पार्न राईको नाम सिफारिस गरिएको स्रोत बताउँछ ।
राई शुरू देखि नै डा. बाबुराम भट्टराईको पक्षमा रहे पछि पार्टी विभाजनको योजना मत्थर पार्न उनको नाम राखिएको हो।
पार्टीबाट सर्वाधिक चर्चामा रहेका केही नामहरू जस्तै प्रदीप यादव, मृगेन्द्रसिंह यादव, रामबाबु यादव, प्रमोद साह लगायत कसैको पनि नाम नयाँ मन्त्रीमा प्रस्तावित नगरिएको स्रोतको दावी छ ।
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराई...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो । भेलामा एमाले अध्यक्ष केपी ओ...
गृृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आ...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवा...
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । घाँटीमा क्यान्सरको समस्या रहेक...
सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रगतिबारे जानकारी दिएको छ । सिट बाँडफाँटबारे कार्यदलमा पटक–पटक छलफल गरिस...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...