×

X
Nic Asia
Dabur
Marvel

लुम्बिनी प्रादेशिक अस्पतालका पदाधिकारीलाई पुनर्बहालीको आदेश

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE
British college

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष लगायतका पदाधिकारीहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । 

IME BANK INNEWS

सरकार परिवर्तनसँगै प्रदेश सरकारले गएको पुसमा कार्यविधि र गठन आदेश परिवर्तन गरेर लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षहरूलाई पदमुक्त गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पूरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । 

सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई, लुम्बिनी आयुर्वेदिक अस्पतालका अध्यक्ष शिव प्रसाद ज्ञवाली, राप्ती आयुर्वेदिक अस्पताल लगायत केही जिल्ला अस्पतालका अध्यक्षहरूलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । 


Advertisment
mahindra Box
Saurya island

१२ असारमा सर्वोच्च अदालतको उक्त आदेशमा पदमा नियुक्त भएकाहरूको निश्चित पदावधि पूरा नहुँदै निवेदकहरूलाई असर पुग्ने गरी नियमावली संशोधन गरेको देखिन आएकोले सुविधा र सन्तुलनको दृष्टिकोणले यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म प्रत्यार्थी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेश बुटवलको मिति २०७८ पुस २५ को निर्णय तथा सो को आधारमा भएका काम कारवाहीहरू कार्यान्वयन नगर्नु नगराउनु साथै निवेदकहरूलाई आ–आफ्नो पदमा काम काज गर्न दिनु भनिएको छ ।

शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्ती गरेका उनीहरूले त्यसपछि गठित लुम्बिनी प्रदेश सरकारले कानून मिचेर आफुहरूलाई तोकिएको समयअवधि नपुग्दै हटाएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...

साउन ३१, २०७९

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला,  ध्रुब बिक्रम...

भदौ १, २०७९

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । जिल्ला, नगर र गाउँमा चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ दलले गठबन्धन गरेरै निर्वाचन...

भदौ १, २०७९

लुम्बिनी प्रदेशसभाको  सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन न...

भदौ १, २०७९

दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...

साउन ३१, २०७९

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x