भदौ १, २०७९
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकको लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले अस्पतालमा न...
प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्याइएको छ ।
यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्याइएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार कार्यविधि संसोधन भइसकेको छ । तर निर्णय हुन बाँकी रहेको उनले बताए ।
‘पीसीसीबाट पास भएर आइसकेको छ । त्यसलाई निर्णय गर्न मात्रै बाँकी छ,’ एसएसपी केसीले लोकान्तरसँग भने,‘अब निर्णय हुन मात्रै बाँकी हो, १/२ दिनमा निर्णय हुन्छ ।’
कार्यविधि संशोधन भएर आएपछि मात्र लेखापालहरूको सरुवा हुने उनले बताए । समयमा नै बजेट आउने भएकाले लेखापालको सरुवा चाँडो गर्दा समस्या नहुने एसएसपी केसीले बताए ।
तर नेपाल प्रहरीका लेखापाल (अकाउन्टटेन्)हरूको सरुवा यो आर्थिक बर्षमा पनि समयमा हुन भने सकेको छैन ।
सामान्यतया असार मसान्त अगाडि नै लेखापालहरूको सरुवा हुने चलन छ ।
आर्थिक वर्ष समाप्तिसँगै नयाँ आर्थिक वर्षमा कार्यालयहरूको लेखा व्यवस्थापनका लागि साउन १ गतेदेखि हाजिर हुने गरि सरुवा हुँदै आएको थियो ।
तर यो वर्ष पनि समयमा लेखापालहरूको सरुवा हुने छाँटकाँट देखिएको छैन ।
अघिल्लो वर्ष सर्वोच्च अदालतले केपी ओलीको सरकारलाई पदच्यूत गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि सेट भइसकेको लेखापालहरूको सरुवा ५ महिना पछाडि भएको थियो ।
तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले लेखापाल रहने सबै प्रहरी युनिटहरूमा पत्र लेखेपछि प्रहरीले तलब खाएका थिए । अहिले पनि अघिल्लो वर्षकै अवस्था आएको छ ।
यो वर्ष भने राजनीतिक पहुँचवाला लेखापालले आफू अनुकुल जानको लागि दबाव दिएपछि लेखापालको सरुवा समयमै हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई बतायो ।
अघिल्लो वर्ष कार्यविधि परिर्वतन गरेर लेखापालको सरुवा गर्ने भन्दै लामो समय सरुवा भएको थिएन ।
यसपालि पनि प्रहरी प्रधान कार्यालयले लेखापालहरूको कार्यविधि संसोधन गरेर सरुवा गर्ने भन्दै विलम्ब गरिरहेको छ ।
प्रहरी लेखापालमा ६ वर्ष हुन पाउने व्यवस्था छ । एक जना लेखापाल ६ वर्ष लेखापाल हुन पाउँदैन । तिनीहरू स्वतः लेखापालबाट मुक्त हुने व्यवस्था छ र उनीहरूको ठाउँमा नयाँ तालिम लिएका लेखापालहरू आउने गर्दछन् ।
पछिल्लो समयमा प्रहरीमा राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना बढेको छ ।
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकको लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले अस्पतालमा न...
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्...
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...