×

NMB BANK
NIC ASIA

क्याम्पस चलाउन कृषि वस्तुमा निकासी कर

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले आर्थिक संकट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो । 

Sagarmatha Cement
Muktinath Bank

क्याम्पसले धान, चामल, पाटा, गहुँलगायत वस्तुको प्रतिट्रक रु १४० असुली गर्न पाउने गरी आर्थिक वर्ष २०७९/८० का लागि एक वर्षको एरिया निकासी करको डाक बढाबढ ठेक्कासम्बन्धी सार्वजनिक सूचनासमेत जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पस प्रमुख सर्वतलाल राजवंशीका अनुसार डाक बढाबढ ठेक्का लगाउँदा न्यूनतम कबोल अंक रु एक लाख ५१ हजार १५१ निर्धारण गरिएको छ । यो ठेक्काको डाक बढाबढ यही असार २७ गते हुने बताइएको छ । निकासी कर लगाउनु अस्वाभाविक देखिए पनि क्याम्पसले भने आफ्नो बाध्यता भएको जनाउँदै आएको छ । क्याम्पसले स्थानीय पालिका, दाता र संघसंस्थासँग समेत सहयोगको हात बढाउँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

‘गौरीगञ्जवासीहरूको शैक्षिक धरोहरका रूपमा रहेको क्याम्पसको आर्थिक संकट टार्न कुनै न कुनै स्रोतबाट अर्थ संकलन गर्न जरुरी थियो’, क्याम्पस प्रमुख राजवंशीले भने, ‘सर्वपक्षीय सहमतिमा बाध्य भएर निकासी करको ठेक्का लगाउँदै आएका छौँ ।’ 

Vianet communication
Laxmi Bank

०४८ सालमा स्थापना भएको सो क्याम्पसमा हाल मानविकी, वाणिज्य र शिक्षा संकायको कक्षा ११ देखि स्नातकसम्मको पठनपाठन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको न्यून अनुदान र थोरै आन्तरिक आयले क्याम्पस चलाउन धौँधौँ परेपछि ०४९ सालदेखि नै तत्कालीन गाविस, वाणिज्य संघ र क्याम्पसको त्रिपक्षीय सहमतिमा निकासी कर उठाउन थालिएको हो ।

स्थानीय शिक्षाप्रेमी, व्यवसायी, राजनीतिक दललगायतको सर्वपक्षीय सहमतिमा निकासी कर उठाउने अधिकार क्याम्पसलाई दिइएको गौरीगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष बाबुराजा श्रेष्ठले बताए । ‘शिक्षकहरूले अत्यन्त थोरै तलबमा पनि पढाइरहनुभएको छ’, उनी भन्छन्, ‘क्याम्पस बचाउने अरु उपाय नभएपछि सबै मिलेर निकासी कर उठाउन दिने सहमति गरिएको हो ।’ क्याम्पस सञ्चालनका लागि सहयोग जुटाउन लगाइएको निकासी करमा स्थानीयवासीको समेत समर्थन रहेको उनको भनाइ छ । 

क्याम्पसको आन्तरिक स्रोतका रूपमा छ बिघा जग्गाको वार्षिक ५० मन धान आउने गरेको छ । केही वर्षअघि आर्थिक अभावका कारण शिक्षकलाई तलबै खुवाउन नसकिएको र विद्यार्थी पनि घटेपछि क्याम्पस नै बन्द हुने अवस्था आएको थियो । हाल विद्यार्थी संख्या २०० को हाराहारीमा छ ।

क्याम्पस सञ्चालनका लागि वार्षिक रु ६० लाख आवश्यक पर्ने क्याम्पस प्रमुख राजवंशीले बताए । एरिया निकासी करबाट वार्षिक मुस्किलले रु एक लाख ५० हजार संकलन हुने गरेको छ । गाउँपालिकाले वार्षिक रु १० लाख अनुदान दिँदै आएको र सांसद विकास कोषबाट समेत सहयोग प्राप्त हुँदै आएको उनको भनाइ छ । 

नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को प्रदेश निर्वाचन क्षेत्रीय उपसभापति तथा स्थानीयवासी आत्माराम राजवंशी क्याम्पसलाई जोगाउनु आवश्यक भए पनि करजस्तो संवेदनशील ठेक्कापट्टामा क्याम्पस लाग्नु अशोभनीय भएको बताए । क्याम्पस शैक्षिक संस्था भएको हुँदा यसको सञ्चालनसमेत प्राज्ञिक शैलीको हुनुपर्ने जनाउँदै उनले ठेक्का उठाउने कामले संस्थाको प्रतिष्ठामा आँच पुगेको बताए । 

तीन दशकदेखि यसरी नै लागिरहेको ठेक्का व्यवस्थालाई बदल्ने र स्थानीय पालिकाको आम्दानीमा समावेश गर्नेतर्फ यसअघिका जनप्रतिनिधिले ध्यान नपु¥याएको उपसभापति राजवंशीको आरोप छ । करको ठेक्का लगाउने विषय स्थानीय पालिकाको भएको जनाउँदै उनी क्याम्पस सञ्चालनका लागि पर्याप्त स्रोतको व्यवस्था मिलाउनु पालिकाको जिम्मेवारी भएकोमा जोड दिन्छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x