भदौ ३, २०७९
दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३३ लाख रुपैयाँमा खरिद ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालको शालिक अनावरण गरिएको छ । अध्यक्ष प्रचण्डले नुवाकोटको ककनीमा स्थापना गरिएको प्रकाशको शालिक शुक्रवार अनावरण गरेका हुन् ।
नेपाल पर्वतारोहण संघले निर्माण गरेको प्रकाशको शालिक अनावरण गर्न प्रचण्ड शुक्रवार बिहान ककनी पुगेका थिए । प्रकाशको शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत लेखिएको छ ।
प्रकाशले २०६९ जेठ १३ गते सगरमाथाको आरोहणसमेत गरेका थिए । सगरमाथा आरोही रहेकाले पर्वतारोहण संघले उनको शालिक निर्माण गरेकाे बताएको छ । ०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान कृष्ण केसीको नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुँयालले सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसबाहेक माओवादीको सशस्त्र संघर्ष तथा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पनि प्रकाशले प्रचण्डको सहयोगीका रूपमा काम गरेका थिए ।
प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको हृदयघातका निधन भएको थियो ।
दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३३ लाख रुपैयाँमा खरिद ...
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना ग...
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भ...
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले ...
नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाक...
बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...