×

NMB BANK
NIC ASIA

बढ्दैछ चामलमा परनिर्भरता

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले लगातार दश वर्षदेखि  सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । 

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव ०७८/७९ को ११ महिना (जेठ मसान्त)सम्म आइपुग्दा सो अंकमा १५० प्रतिशतले वृद्धि भई झण्डै रु ५० अर्बको चामल, चामलजन्य कनिका र ढुटो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त चामल नेपालमा भारत, चीन, भियतनाम, अमेरिका, थाइल्यान्ड लगायतका मुलुकबाट आयात भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आयात भएका चामलमा ७० प्रतिशत मसिनो र बास्नादार चामलको हिस्सा पर्दछ । जुन चामल घरानिया परिवार र उच्चकोटीका होटलमा खपत हुने गरेको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

सरकारको आव २०७८/७९ को बजेट पुस्तिकाको बुँदा नं १०८ मा नेपाललाई आगामी पाँच वर्षमा धानमा आत्मनिर्भर बनाइने घोषणा गरिएको थियो । त्यसो त, आर्थिक वर्ष २०७३/७४ देखि नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानमा आत्मनिर्भर बनाउने योजना  लागू गरेको भए पनि परिणाम सकारात्मक देखिएन । 

Vianet communication
Laxmi Bank

आव ०६९/७० मा १४ लाख २० हजार ५७० हेक्टर जमिनमा खेती भई ४५ लाख चार हजार ५०३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हेक्टर जमिन भनेको २० रोपनी हो । सरकारी आँकडाअनुसार नेपालमा झण्डै ३१ लाख हेक्टर जमिनमा खेती हुन्छ जसमध्ये आधा जमिनमा धान खेती गर्न सकिन्छ तर केन्द्रीय तथ्यांक विभागले २०६८ मा सार्वजनिक गरेको कृषि गणनामा १० लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख छ । 
प्रत्येक १०-१० वर्षमा कृषि गणना सुरु हुँदै आएको छ । नेपालमा सातौँ कृषि गणना २०७९ साल वैशाख ६ देखि सुरु भई १९ गते सकिएको थियो । तर, सो गणना सार्वजनिक हुन अझै सात महिना लाग्ने केन्द्रीय तथ्यांक विभागका अधिकारी हेमराज रेग्मीले जानकारी दिए । 

यस अवधिसम्म आइपुग्दा कति खेतीयोग्य जमिन घडेरीकरण, खण्डीकरण वा नदीले कटान ग¥यो । त्यसको कुनै आधिकारिक तथ्यांक छैन ।  
गत तीन आर्थिक वर्षदेखि हरेक सरकारले बजेटमार्फत् जमिन बाँझो राख्न नदिन कडा कानुन ल्याउने बताउँदै आएको छ । कार्यान्वयन भने हुन सकेको छैन । तर, समयमा नै  रासायनिक मल उपलब्ध गराउन नसकेकामा किसानले सरकारको विरोध गर्दै आएका छन् ।  

आव २०७०/७१ मा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । सोही वर्ष १४ लाख ८६ हजार ९५१ हेक्टर जमिनमा धान खेती गरिएको थियो । सो वर्ष एक लाख ५५ हजार मेट्रिक टन धान मौज्दात थियो । सो वर्षदेखि लगातार मौज्दातमा  शून्यता  देखिएको छ ।  

कृषियोग्य जमिनको चक्लाबन्दी, कबुलियती, सामूहिक र करार खेतीमार्फत धान उत्पादनको वृद्धि गरिने विषय उठान भएको छ ९६० आर्थिक वर्ष नाघिसकेको छ । प्रत्येक बजेट पुस्तिकामार्फत उक्त कुरा लेखिएको भए पनि कार्यान्वयन फितलो देखिएको वरिष्ठ धानबाली विशेषज्ञ लवप्रसाद त्रिपाठीले बताए ।

लगातारका दश वर्षमध्येमा आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा धेरै अर्थात् ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । तर सोही वर्ष रु ४५ अर्बको चामल आयात भएको छ भने त्यस वर्ष १४ लाख ७३ हजार ४७८ हेक्टर जमिनमा धान खेती भएको थियो । 

आर्थिक वर्ष २०६०/६१ देखि लगातार धान खेतीयोग्य जमिन मासिँदै गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती गर्दा त्यसको १९ वर्ष अर्थात् ०७८/७९ सम्म पुग्दा ८२ हजार ५८ हेक्टर जमिन घट्न गई १४ लाख ७७ हजार ३७८ हेक्टर जमिनमा धान खेती भएको छ । 

आव ०७२/७३ देखि ०७७/७८ सम्म अर्थात् छ वर्षको अवधिमा झण्डै रु दुई खर्बको चामल आयात भएको छ । आव ०७२/०७३ मा रु २५ अर्ब आव ०७३/७४ मा रु २४ अर्ब, आव ०७४/७५ मा रु २९ अर्ब आव ०७५/७६ मा रु ३४ अर्ब र आव ०७७/७८ मा रु ४५ अर्बको चामल आयात भएको थियो । सोही  आव अर्थात् ०७२/७३ मा  ४२ लाख ९९ हजार ७८, आव ०७३/७४ मा ५२ लाख ३० हजार ३२७, आव ०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, आव ०७५/७६ मा ५६ लाख १० हजार ०११, आव ०७६/७७ मा ५५ लाख ५० हजार ८७८ र आव ०७७/७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । 
नेपालको जनसंख्या झण्डै तीन करोड छ । सो संख्यालाई धान्न करिब ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । विज्ञहरु भन्छन्, ‘उत्पादन बढाउन चैते धान खेतीलाई बढावा दिनुपर्ने, समयमा मलखाद्य, बीउ बिजन र सिँचाइको व्यवस्था हुनुपर्छ ।’

राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्ववरिष्ठ वैज्ञानिक डा.भवप्रसाद त्रिपाठीले सिँचाइका ठूला आयोजनाको तदारुकताका साथ निर्माण, चार लाख हेक्टर जमिनमा वर्षे धान खेती, तराईका धानखेती हुने जग्गामा माछापोखरी खन्न रोक, वर्षे धान खेत गर्ने किसानलाई धान सुकाउने मेसिनको उपलब्धता हुने हो भने चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x