भदौ ३, २०७९
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...
घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुमनाम छन् ।
बहालवाला सांसद र आकांक्षी नेताहरूले निर्वाचन क्षेत्रमा गएर चुनावी रणनीति बनाउन शुरू गर्दा बादल भने गुमनाम जस्तै छन् ।
नेकपा विभाजनसँगै माओवादी परित्याग गरेर एमाले रोजेका बादलले गृहजिल्ला चितवनमा पुगेर प्रत्यक्ष चुनाव लड्ने बताएका थिए ।
‘चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्ला, त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ,’ २०७८ असोज ८ गते प्रेस चौतारीले चितवनमा आयोजना गरेको कार्यक्रममा बादलले भनेका थिए ।
राजनीतिक स्टन्टका लागि चुनाव लड्ने बताएपनि स्वयं बादल भित्रैदेखि चुनाव लड्न तयार देखिएका छैनन् । ‘उहाँले अहिलेसम्म चुनाव लड्नका लागि कुनै रुचि देखाउनुभएको छैन, पार्टी उपाध्यक्षले चुनाव लड्छु भनेर रुचि देखाएको भए हामीले छलफल गर्ने थियौं,’ नेकपा एमाले चितवनका एक नेताले लोकान्तरसँग भने ।
चितवनका तीनवटै क्षेत्रमा एमालेका तर्फबाट उठ्ने नेताहरूले लबिङ शुरू गरिसकेका छन् ।
जनजाति भएकाले बादल प्रतिनिधि सभाको समानुपातिकतर्फ या राष्ट्रिय सभामै आउने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।
‘कार्यकाल नसकिँदै उहाँलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाइएकाले उहाँलाई फेरि त्यही ठाउँमा ल्याउन प्रयास हुन्छ, व्यक्तिगत स्वभावको हिसाबले पनि उहाँ माथिल्लो सदनका लागि योग्य हुनुहुन्छ,’ चितवनका ती एमाले नेताले भने ।
माओवादीको महासचिव रहिसकेका बादल एमाले प्रवेश गरेपनि उनले कार्यकर्ता तान्न सकेका छैनन् ।
‘चितवनमा बादल एक्लैजस्तो हुनुहुनछ, बरू शिक्षण पेशामा संलग्न भएकाले नैनकला थापाको थोरबहुत प्रभाव छ,’ चितवनका ती नेताले भने ।
बादल मन्त्रीबाट हटेपछि उनले पत्नी नैनकलालाई केपी ओली सरकारमा सञ्चार मन्त्री बनाएका थिए ।
सर्वोच्च अदालतको आदेशबाट उनको मन्त्री पद १३ दिनमै चैट् भएको थियो ।
सहयोगीको दाबी– 'वाम गठबन्धन भए चितवन– २ बाट चुनाव लड्नुहुन्छ'
बादल स्वयंले प्रचण्डसँग चुनाव लड्ने बताएपनि उनका सहयोगीहरू वामपन्थी गठबन्धन बनेको अवस्थामा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताउँछन् ।
बादल गृहमन्त्री रहेको समयमा उनको प्रेस सहयोगी रहेका किरण भट्टराईले चितवन २ बाटै चुनाव लड्ने बादलको इच्छा रहेको बताए ।
‘पहिला पनि चितवन २ बाट चुनाव जित्नुभएको हो, प्रतिनिधि सभा चुनाव लडेमा उहाँ अहिले पनि चितवन २ बाटै हो,’ भट्टराईले लोकान्तरसँग भने ।
२०७४ सालको चुनावमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेल अहिले पनि त्यो क्षेत्रका सशक्त उम्मेदवार हुन् ।
पढ्नुहोस् यो पनि :
१५ वर्षअघि २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा बादल चितवनको तत्कालीन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।
त्यो बेला २१ हजार ४ सय ९ मत पाएर बादल विजयी हुँदा कांग्रेसका एकनाथ रानाभाटले १३ हजार र एमालेका काशिनाथ अधिकारीले ११ हजार हाराहारी भोट पाएका थिए । त्यो बेला ५ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले तीनवटा मात्र निर्वाचन क्षेत्र छन् ।
२०७० सालको संविधान सभा निर्वाचनको समयमा भने उनी मोहन वैद्यको नेतृत्वको ड्यास माओवादीको महासचिव थिए । सो पार्टीले त्यो बेला चुनाव बहिस्कार गरेको थियो ।
२०७४ सालमा उनी बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । माओवादीका तर्फबाट उम्मेदवार बनेका बादल एमाले जनप्र
प्रतिनिधि समेतको भोटबाट विजयी भएका थिए । २०७७ पुस ५ गते केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गर्दै तत्कालीन गृहमन्त्री थापा ओलीसँग लागेका थिए ।
सर्वोच्च अदालतको आदेशले नेकपा विभाजन भएर माआवादी र एमाले अलग भएपछि बादल एमालेतर्फ लागेका थिए । त्यसपछि माओवादीले उनलाई सांसदबाट हटाएको थियो ।
बादल हटेपछि रिक्त बनेको राष्ट्रिय सभा सदस्यमा कलम चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटा विजयी भएका थिए । सांसदबाट हटेपनि बादल ओली सरकारमा गृहमन्त्री रहेका थिए ।
गैरसांसदलाई मन्त्री बनाउन नमिल्ने भन्ने सर्वोच्चको फैसलाले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको मन्त्री पद गएको थियो ।
गत मंसिरमा चितवनको सौराहमा भएको महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भएपनि राजनीतिक रूपमा बादल भूमिकाविहीन जस्तै छन् ।
पार्टीको बैठक र केपी ओली उपस्थित हुने केही कार्यक्रममा देखिएपनि बादल लगभग गुमनाम छन् । मिडयामा बोल्न नचाहने उनका अन्तर्वार्ता पनि खासै आउँदैनन् ।
एमालेमा रोपिएको माओवादीको बिउ !
नेत्रविक्रम चन्द विप्लवको पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बुधवार माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेभित्र माओवादीको बिउ रोपेको बताएका थिए ।
ओली सरकारमा तीन वर्ष गृहमन्त्री बनेका थापाले माओवादी जनयुद्धलाई बिर्सिसकेका छन् ।
धादिङमा आयोजित कार्यक्रममा बादलले गणतन्त्र एमालेका कारण आएको बताएका थिए ।
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आयोजना गरिएका सभामा सम्बोधका क्रममा बादलले प्रचण्डलाई ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा दिने गरेका थिए ।
प्रचण्डले एमालेभित्र रोपिएको माओवादीको बिउ भने पनि बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टहरूले एमालेभित्र माओवादीको वकालत गर्ने सम्भावना न्युन छ ।
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...
बेलायतमा १५ वर्ष भन्दा बढी समय पण्डित्याइँ गरेर कमाएको पैसालाई नेपालमै सदुपयोग गर्ने र सफल कृषि व्यवसायी बन्ने मेघनाथको सपना चकनाचुर भएको छ । नेपालमै कृषि कर्म गर्ने र सफल व्यवसायी बन्ने सोचाइ राखेर स्वदेश ...
मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका ११का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्। आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्। दिवंगत ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोध...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...