×

NMB BANK
NIC ASIA

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

खोटा मुद्रा बोकेको कसुरमा बिगत साढे ७ महिनादेखि झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटोपत्रकारहरूको छाता संगठन राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) मा आवद्ध रहेका फोटापत्रकारहरूले आर्थिक रकम संकलन गर्ने भएका छन् । एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएका फोटो पत्रकारको बाँकी कैद खरिद गर्न र जरिबाना तिर्न आर्थिक रकम संकलन गर्न लागिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुरमा झापा जिल्ला अदालतले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिबाना ठहर गरेको थियो । 


Advertisment
Nabil box
Kumari

असार ९ गते सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारणअनुसार चौधरीलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिबाना तोकिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि फोटो पत्रकार समूहले सहयोग रकम संकलन शुरु गर्न लागेको हो । 

Vianet communication
Laxmi Bank

संहिताको दफा १५५ (५) मा एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय पाई थुना वा कैदमा रहे बसेको विदेशी नागरिकले कैदको सट्टा रकम तिरी कैदबाट छुटकारा पाउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ । विदेशी नागरिकको हकमा प्रतिदिन ५ सय रुपैयाँका दरले हुन आउने रकम एकमुष्ठ तोकी त्यस्तो रकम बुझाएपछि थुनामुक्त हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।  

समूहका अध्यक्ष वन्तले चौधरी हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिबानावापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागेको बताए । ‘सम्भव भएसम्म पाचँ दिन भित्र नै उक्त रकम संकलन गरी कारागार कार्यालय झापामार्फत् झापा जिल्ला अदालतमा बुझाउन लागेका छौँ,’ अध्यक्ष वन्तले भने ।

फाटो पत्रकारितामार्फत् जिविकोपार्जन गर्दै आएका चौधरी आर्थिक रूपमा समेत कमजोर रहेकाले रिहाइका लागि समूहले निरन्तर सहयोग साथै मिडियामार्फत् आवाज उठाउँदै आएको सर्वविदितै छ । समूहको निरन्तर प्रयासपछि झापा जिल्ला अदालतले अग्राधिकारमा राखेर मुद्दालाई किनारा लगाएको  थियो ।  

साथै चौधरीले भिडियो डकुमेन्ट्री बनाउने प्रयोजनका लागि सक्कली नोटमा हुनेभन्दा धेरै भिन्न गुण रहेको र नक्कली हो भनेर सजिलै पत्ता लगाउन सकिने एकै नम्बरका २ सय २६ थान अमेरिकी डलर जस्तो देखिने फोटोकपी पेपर प्रहरीले बरामद गरेको थियो । चौधरीले आफ्नो क्यामेरा, स्क्रिप्ट आदि सबै प्रहरीलाई देखाएको र प्रयोजन खुलाएको भए पनि प्रहरीले अनुमति नलिई ल्याएको भन्दै उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । २४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डियालगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रूपमा कार्यरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x