भदौ १, २०७९
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । जिल्ला, नगर र गाउँमा चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ दलले गठबन्धन गरेरै निर्वाचन...
काठमाडाैं | असार १७, २०७९
नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर पक्षले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा ५ बुँदे निष्कर्ष निकाल्दै शुक्रबार बैठक सम्पन्न भएको छ ।
बैठकपछि नेता गोविन्दराज पोखरेलले पार्टी विधिविधानअनुरुप चल्न नसकेको, सरकारले सुशासन दिन नसकेकोलगायतका ५ बुँदे निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
उनका अनुसार शेखर समूहले सरकार सञ्चालनका विषयमा गम्भीर असहमति जनाएको छ । तत्कालीन केपी ओली सरकारलाई विस्थापन गरेर देउवाको नेतृत्वमा सरकार बनेपछि जनताले जनजिविकाका सवालमा तथा अर्थतन्त्रका सूचक सुधारलगायतका सवालमा सकारात्मक नतिजा पाउने अपेक्षा गरेपनि सो अनुसार हुन नसकेको शेखर समूहको निष्कर्ष छ
यस्तै सुशासनको विषयमा सरकारले जुन प्रतिबद्धता जनाएको थियो सो अनुरुप सरकारले काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ। सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायहरु अहिले पनि प्रधानमन्त्री कार्यालय मातहत हुनु सही नभएको पोखरेलले बताए ।
यस्तै बजेट बनाउनेदेखि अनेक विषयमा आर्थिक विचलन र नीतिगत भ्रष्टाचार देखिएको शेखर समूहको निष्कर्ष छ । यस्ता कार्यलाई तत्काल नियन्त्रण गरिनुपर्नेमा शेखर समूहले जोड दिएको छ ।
पराष्ट्र नीति सबैको साझा बन्नुपर्नेमा पनि बैठकले ध्यानाकर्षण गराएको पोखरेलको भनाइ छ । पोखरेलले सभापति देउवा गठबन्धनको सभापति जस्तो भएर हिँडेको भन्दै उनले पार्टी अभिभावकका अनुभूति दिलाउन नसकेको निष्कर्ष बैठकले निकालेको बताए । बैठकले गाउँगाउँसम्म परिचालित भएर काँग्रेसलाई बलियो बनाउन लागिपर्ने निर्णय पनि गरेको छ । बिहीबारदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शेखर समूहका नेताहरुको सहभागिता रहेको थियो ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । जिल्ला, नगर र गाउँमा चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ दलले गठबन्धन गरेरै निर्वाचन...
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकको लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले अस्पतालमा न...
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम...
निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको आरोप लाग्ने गरेको...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...