भदौ १, २०७९
अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् । सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिष...
सरकाले प्रत्येक वर्ष लिने अस्थिर कर नीतिका कारणले स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा परेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरूले अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारले गत वर्षको प्रतिस्थापन बजेटमार्फत लिएको नीतिले उपभोक्तालाई पनि फाइदा नपुगेको बताए । उनले सरकारले विलेट उद्योगका विरुद्ध लिएको नीतिका कारण राजस्वमा ८ अर्बको कमी आउनुका साथै फलामे डन्डीहरूको मूल्यमा समेत गिरावट नआएको बताए ।
उद्योगी किरण शाखले स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योगहरूलाई संरक्षण गर्ने सरकारी नीतिले २० वटा उद्योग सङ्कटमा परेको बताए । उनले नेपालमा आयात हुने कृषि वस्तु उत्पादन गर्ने बीउ बिजन, रासायनिक मल, खाद्यान्न, तरकारी र औषधीजन्य वस्तुमा कर नलाग्ने गरेको र विलेटमा कर लाग्ने नीति सरकारले लिएको बताए ।
पछिल्लो ४ वर्षमा पत्रु गालेर डण्डी उत्पादन गर्ने उद्योगको संख्या र लगानी दोब्बर बढेपनि विलेटबाट डण्डी उत्पादन गर्दै आइरहेका उद्योग सङ्कटमा परेको बताए । पछिल्ला वर्षमा विलेटबाट डण्डी उत्पादन गर्ने उद्योग ३ प्रतिशत क्षमतामा मात्रै चलिरहेको बताउँदै उनले सरकारको नाममा सुसाइट नोट लेखेर आत्महत्या गर्ने स्थिती आएको उनको भनाइ छ ।
यसैगरी, जीआइ वायर उद्योगी मयंक सारडाले बजेटले लिएका नीतिका कारण आयातित वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा नै गर्न नसक्ने स्जिती आएको बताए ।
स्यानीटरी उद्योगी डोलराज अधिकारीले आगामी वर्षको कर नीतिका कारण स्वदेशी उद्योग बन्द हुने स्थितीमा पुगेको बताए ।
यसैगरी, व्यवसायी मिन गुरुङले समेत सरकारको नीतिका कारण स्टिल उद्योग समस्यामा परेको बताए । उनले चालू वर्षको कर नीति र आगामी वर्षको कर नीतिका कारणले अर्बौको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा आएको बताए ।
अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् । सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिष...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...
गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो । माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन । गत वैशाखमा चुनावी ख...
उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...
चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...