×

X
Dabur
Nic Asia
Marvel

नेपालबारे भ्रम फैलाउने सुधीर चौधरीले छाडे जीन्युज

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE

नेपालबारे भ्रम फैलाउने भारतीय टेलिभिजन जीन्युजका प्रधानसम्पादक सुधीर चौधरीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको र आगामी ८ जुलाईमा बिदाई कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
ट्वीटरमा उनले किन जीन्युज छाडे भनेर चर्चापरिचर्चा भएको छ । समाचारहरुमा उनले आफ्नो व्यवसाय गर्न खोजेको उल्लेख गरिएपनि स्पष्ट खुलाइएको छैन । उनी जीन्युजमा पछिल्लो एक दशकदेखि प्रधानसम्पदकको भूमिकामा थिए ।  भारतीय सत्तारुढ पार्टीको पक्षपोषक भएको आरोप लागेपनि उनी चर्चित छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनले नेपाल आएर २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरवार्ता लिएका थिए भने सगरमाथा पुगेर उनले एभरेस्ट भारत दाबी गर्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि चौधरीले अन्ततः माफी नै माग्नुपरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको र आफ्नो प्रस्तुतीबाट भ्रम फैलिएको भन्दै माफि मागेका थिए । माफी माग्ने क्रममा उनले माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न नसक्ने र नेपालमै भएको बताएका थिए । ‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, उनले भनेका थिए । 

Vianet communication
Maruti inside

उसो त उनको टेलिभिजन च्यानलबाट चीनसँग जोडेर नेपालको विषयमा अनेकन भ्रम फैलाइएको थियो । त्यतिबेला जीन्युजको चर्को आलोचना भएको थियो । 

TATA Below
NLIC
साउन २९, २०७९

भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरूलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो ।  कारागार प्रमुख कम...

साउन २९, २०७९

राष्ट्रिय मानव अधिकार आयोगले सरकारले संसद्मा पेश गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९’ प्रति गम्भिर असहमति जनाएको छ । आइतवार पुल्चोकस्थित आफ्नै...

साउन २९, २०७९

मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासि...

साउन २९, २०७९

प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंक प्राप्त गर्ने परीक्षार्थीले सवारी चालक अनुमति पत्र पाउने व्यवस्था गरिएको छ । सरकारले हालै जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि, निर्देशिका’म...

साउन २९, २०७९

हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...

साउन २९, २०७९

बेलायत पठाइदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका १ नारायणटार घर भई काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ३७ वर्षीय प्रकाश...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x