×

X
Dabur
Nic Asia
Marvel

सफलता

संघर्षको पहाड छिचोल्दै उदाएका टीकाराम : देशकै उत्कृष्ट विद्यालयका निर्माता

विराटनगर | असार १८, २०७९

TVS INSIDE

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए । 

IME BANK INNEWS
morang Auto yamaha

चिन्ता, छटपटी र बेचैनीमा पुगेर उनका रात टुंगिने गरेका थिए । ‘जीवन धान्नका लागि, पढ्ने, खाने, बस्ने व्यवस्थापनका लागि खर्च जुटाउन जागिर नभेट्दा मलाई धेरै पटक छटपटी भयो,’ उनले विगत सम्झिए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अभावले उनलाई कहिले थकित पाथ्र्याे त कहिले निराश पनि बनाउँथ्यो । जागिर नपाएको निराशाबीच शैक्षिक यात्राले उत्साही बनाउने गरेको उनी सुनाउँछन् ।

विक्रम संवत् २०४६ सालअघिसम्म नेपालमा स्नातक तहसम्म अध्ययन गर्ने मानिसको संख्या ज्यादै कम थियो । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘सबै क्षेत्रमा स्कूल नभएका कारण साक्षरता प्रतिशत बढ्ने कुरा पनि भएन ।’

Vianet communication
Maruti inside

विक्रम संवत् २०४८ सालयता स्नातक तह पास गरेका कारण पुरीको नाम पनि सो क्षेत्रका थोरै शिक्षित जनशक्तिको सूचीमा थियो । हातमा ‘सर्टिफिकेट’ बोकेका थोरै जनशक्तिमा परेका कारण उनलाई सहजै जागिर पाउनुपर्ने जस्तो लाग्थ्यो तर उनका लागि परिस्थिति त्यस्तो रहेन । 

‘व्यवहारले घेरिरह्यो, जिम्मेवारी बढ्दो क्रममा थियो,’ उनले भने, ‘न त परिस्थिति मेरो हातमा थियो, न त मेरो हात रुपैयाँ थियो ।’ उनी पढे–लेखेका भए पनि हातमा सर्टिफिकेट बोकेर हिँड्ने शैक्षिक बेरोजगार थिए । 

रोजगारीका ढोका बन्द भए जस्तै लाग्थ्यो उनलाई । ‘आफन्त, साथीभाइ, हिजो राजनीतिक दर्शन सिकाउने नेताहरू बैरीजस्तै भएका छन् जस्तो लाग्थ्यो,’ उनले भने, ‘उदार भएर सोच्थे भने मेरो दुःख बुझ्थे होलान् जस्तो लाग्थ्यो । जागिर खोजिदिन्थे होलान् जस्तो लागेर जागिरको खोजीमा धेरै भौंतारिएँ ।’

‘विक्रम संवत् २०४८ सालमा छोरो जन्मियो । त्यही वर्ष श्रीमती गम्भीर बिरामी भइन् । न मैले छोरा जन्मिँदा बुवाले गर्ने कर्तव्य पूरा गर्न सकें, न त श्रीमती बिरामी हुँदा श्रीमान्को दायित्व निर्वाह गर्न सकें । हातमा पैसा नभएकै कारण खुशी वा दुःखको क्षणमा निरीह हुनुबाहेक अन्य विकल्प मसँग थिएन,’ उनले भने ।

हातमा सर्टिफिकेट भए पनि रोजगारी नहुँदा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न नसकेको उनी सम्झिन्छन् । ससुरालीले श्रीमती र छोराको हेरचाह गरिदिएका उनले बताए ।

विराटनगर बसेर संघर्ष गरेका पुरी बिरानो शहरले नचिनेपछि सर्टिफिकेट झोलामा राखेर घर फर्किए । स्नातक तह पास गरेका पुरी जागिर नपाएपछि घरमा गएर खेतीपातीमा भुलिए । छिमेकीहरूले उनलाई ‘यतिधेरै पढेको अहिले हलो जोत्दैछ’ भनेर जिस्काउँथे । 

गाउँलेले यी कुरा उनकी आमालाई सुनाउँथे तर उनलाई भन्ने आट गर्दैन्थे । काम सानो, ठूलो हुँदैन भन्ने चेत नभएकै कारण यसो भनेका होला जस्तो लाग्थ्यो उनलाई । ‘मेरो मनभित्र दन्किएको आगोका बारेमा गाउँलेलाई थाहा नै थिएन,’ उनले भने । 

उनलाई तराईको हावापानीले छोइसकेको थियो । पहाड बस्न मन लागेन । फेरि उनी केही साहस र आशा बोकेर विराटनगर फर्किएका थिए । उनको यो पटकको यात्रा भने अलिक साहसपूर्ण थियो । ‘ब्याचलर’ पास गर्दा जागिर नभेटे पनि स्नातकोत्तर पास गरेपछि जागिर भेट्ने आशले बिरानो शहर विराटनगर फर्किए उनी ।

मास्टर्स पढ्ने रहरले विराटनगर आउँदा उनले फेरि अर्काे खेत बेच्नुपरेको थियो । शुरूमा विराटनगर झर्दा मानो–मुरी फल्ने उनीहरूको भएकोमध्ये राम्रो खेत बेचेका थिए । आईकम पढेर फर्किएपछि काम गरेर फेरि जग्गा जोडेर उनले आमालाई खुशी बनाएका थिए । डिग्री गर्न विराटनगर आउँदा जग्गा बेच्दै गर्दा आमाले केही नभनेकै कारण पठनपाठनमा सहज भएको उनी बताउँछन् । 

कलेज पुगेपछि ध्रुवकुमार सुवेदी, विनोद ढकाल र हरि काफ्लेसँग उनी अलिक नजिक भए । महेन्द्र मोरङ क्याम्पस पढ्दा उनीहरूसँग चिनजान थियो । अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पसको इकाई अध्यक्ष नबनाएका कारण विनोद ढकालसँग उनी रुष्ट थिए, ढकाल एमाले नेता हुन् । 

स्नातकोत्तर पढ्दै गर्दा उनले खर्च आफैं जुटाउनुपर्ने थियो । खर्च जोरजाम गर्न जागिर खोजिरहे पनि जागिर कतै पाएनन् । बेरोजगार भएको बेला उद्धव पोखरेलको ट्युसन सेन्टरमा पढाएर त्यहीँबाट उनको जागिर यात्रा शुरू भएको थियो । उनले ट्युसन सेन्टरमा पढाउँदा मासिक ५००–६०० रुपैयाँ पाउँथे । विराटनगरमा गुजारा चलाउन महिनाको १ हजार जति लाग्थ्यो । ट्युसन पढाएको पैसाले गुजारा चलाउन निकै मद्दत गरेको उनले सम्झिए । 

शुरूमा विराटनगर आउँदा महिनाको ३०० रुपैयाँले खर्च पुग्थ्यो । २०४६ सालको आन्दोलनपछि महंगी बढ्दै गएपछि उनी जस्ता धेरैलाई निकै कठिन थियो । विराट कोचिङ सेन्टरमा पढाउँदै गर्दा साथीहरूले आफ्नै ट्युसन सेन्टर खोल्न प्रस्ताव गरे । उनले साथीहरूको उक्साहटमा लागेर ट्युसन सेन्टर खोले । 

ट्युसन सेन्टर चल्दै गर्दा कञ्चनजंगा बोर्डिङ स्कूलमा एकाउन्ट पढाउने अफर आएको उनी बताउँछन् । 

‘तलब पनि कोचिङ सेन्टरको भन्दा राम्रो थियो । उर्मिला प्रधानले चलाउनुहुन्थ्यो कञ्चनजंघा स्कूल । स्कूलबाट अफर आएपछि कोचिङ सेन्टर छाडेर स्कूल पढाउन थालें । ८, ९ र १० कक्षामा ३ वटा पिरियड पढाउँदा १ हजार पारिश्रमिक पाउँथें,’ उनले भने ।

कञ्चनजंघा स्कूल पढाउँदा आफ्नै स्कूल चलाउन प्रस्ताव आएको उनी बताउँछन् । ‘हिजो कोचिङ सेन्टरको अनुभव थियो । ट्युसन सेन्टरमा विद्यार्थीको चाप बढेको देख्दा स्कूल खोल्ने साहस बढ्यो,’ उनले भने, ‘स्कूल खोले चलाउन सकिन्छ भन्ने आत्मविश्वास थियो तर पैसा थिएन । कसरी गर्ने भन्ने योजना पनि भएन । मास्टर्स सकेर विराटनगरमा नै पढाउने, नभए खाँदवारी वरुण क्याम्पस पढाउने रहर थियो ।’

उनले भने, ‘कञ्चनजंघा स्कुल पढाउँदै गर्दा हिजो संगठनमा मलाई उछिनेर अध्यक्ष बन्नुभएका हरि काफ्लेले आफ्नै स्कूल चलाऊँ भन्दै प्रस्ताव गर्नुभयो । एक दिन चिया गफमा भन्नुभयो – हेर्नुहोस् टीकाजी कति अरूको स्कूल पढाउनुहुन्छ, हामी आफ्नै खोलौं ।’ हरि काफ्लेको योजनापछि आफैं स्कूल चलाउने हुटहुटी जागेर स्कूल खोल्ने संघर्ष शुरू गरेको उनले सुनाए ।

समय बित्दै जाँदा स्कूल खोल्न प्रस्ताव गर्ने हरिजी नै ‘आउट’ भएपछि रिसाएर केही समय नबोलेको समेत उनले बताए । एक दिन बजारमा हिँड्दै गर्दा विनोद ढकालसँग भेट भएपछि बाटो मोडिएको उनले बताए । 

उनले भने, ‘साइकलमा मुसुक्क हाँस्दै आएका विनोद जीले भन्नुभयो – ए टीकाजी के छ हौं ? आउनुस् चिया पिऊँ ।’ चिया पिउन पण्डितजीको पसलमा गएको उनी बताउँछन् । ‘पण्डितजीको पसल निकै चर्चित थियो चियाका लागि । चिया शुरू गर्दैगर्दा विनोदजीले के हो स्कूल खोल्ने कुरा सुन्दैछु भनेर कुरा कोट्याउनुभयो,’ उनले भने, ‘तपाईंले जागिर खोजिदिन सक्नुभएन, केही गरेर खान त पर्‍यो नि भनेर जवाफ फर्काएँ । स्कूल खोल्न उहाँले पनि इच्छा राख्नुभएपछि टीममा जोडिनुभयो, अहिले पनि ढकाल टीममा नै हुनुहुन्छ ।’ 

विद्यालय खोल्ने योजना बनाए पनि विराटनगरमा लगानी गर्न खेत बेच्ने कुरा गर्दा आमाले अँध्यारो मुख लगाएको उनी सम्झिन्छन् । ‘अब पनि खेत बेच्ने भनेर आमाले प्रश्न गर्नुभयो । हिजो पढ्दा खेत बेचेको थिएँ, आज पनि बेच्न जाँदा आमा असन्तुष्ट हुनुहुन्थ्यो, मसँग अरू विकल्प थिएन लगानी गर्ने,’ उनले सम्झिए ।

खेत बेचेको पैसा ल्याएर विराटनगरमा उनीसहित अन्य केहीले बोर्डिङ स्कूल खोले, भाडाको घर खोजेर ४ कक्षासम्म पठनपाठन शुरू गरे । स्कूल शुरू गर्दा धेरैले उनलाई ‘यो पुरी अब बिग्रियो’ भनेर समेत सुनाएको उनले बताए । 

विक्रम संवत् २०४६ सालको परिवर्तनपछि नेपालमा निजी विद्यालय खोल्ने लहर चल्यो । बर्खामा खहरे खोला उर्लिएजस्तै योजना विना खुलेका धेरै विद्यालय दीगो भएनन् । केही विद्यालयले दीगो रूपमा उदाहरणीय काम गरे । त्यो भीडमा पाइला राख्न सहज नभए पनि टीकाराम पुरीको मेहनतका कारण विद्यालयले आज छुट्टै पहिचान बनाउन सफल भएको छ ।  

२०५० पुस १५ गते ४ कक्षासम्म दर्ता भएर सञ्चालन भएको विद्यालय अहिले कलेजका रूपमा पनि विकास भएको छ । मासिक ४ हजार ५०० रुपैयाँ भाडा तिरेर शुरू भएको विद्यालयको आज आफ्नै सुविधासम्पन्न भवन छन् । 

विद्यालयलाई स्थापित गर्न १८ घण्टा काम गरेको उनी बताउँछन् । आफैंले खोजेका विद्यार्थी पढाइमा कमजोर हुन्छन् कि भनेर विद्यार्थीका घरमा समेत गएर अभिभावकलाई भेटेर घरमा मेहनत गर्न लगाएको समेत उनले बताए । ‘त्यस समयमा विराटनगरमा केही बोर्डिङहरू पहिलादेखि नै सञ्चालनमा थिए,’ उनले भने, ‘ती विद्यालयसँग प्रतिस्पर्धा गर्न समस्या थियो ।’ कमजोर विद्यार्थीलाई कोचिङ पनि पढाएको उनले बताए । 

स्थापना भएको ७ वर्षपछि अर्थात् विक्रम संवत् २०५७ सालमा एभरेस्टका विद्यार्थीले पहिलोपटक एसएलसी दिएका थिए । ‘विद्यार्थी १० कक्षामा पुगेर परीक्षा दिनु विद्यालयका लागि एक चुनौती पनि थियो । पहिलोपटक आफ्ना विद्यार्थीको मूल्यांकन राज्यले गर्दै थियो । विद्यालय खोलेर के गर्छन् भन्नेहरूलाई जवाफ दिने समय पनि विद्यालय सञ्चालक तथा शिक्षकहरूका लागि चुनौती थियो । पहिलो वर्षमा १३ जना विद्यार्थी सम्मिलित थिए । एसएलसी एभरेस्टका लागि जीवनमरणको सवाल थियो । त्यससमयमा अन्य स्कूल सञ्चालकहरू एभरेस्टले एक पटक पनि एसएलसी दिएको छैन भन्दै ‘डोमिनेट’ गर्थे । पहिलो पटक एसएलसी लेखेका विद्यार्थीको ३ महिनापछि रिजल्ट आएको थियो । सम्पूर्ण विद्यार्थी नै प्रथम श्रेणीमा पास भएपछि विद्यालयका लागि त्यो नै पहिलो उपलब्ध बन्यो । पहिलो ब्याचका सबै विद्यार्थीले प्रथम श्रेणीमा पास गरेपछि विराटनगरमा एक तहको हलचल मच्चिएको थियो,’ उनले भने, ‘यो रिजल्टबाट विरोधीहरू खुशी थिएनन् । पहिलो वर्ष झुक्किएर पो हो कि भनेर भन्नेहरूका लागि एभरेस्टका शिक्षक र विद्यार्र्थीको मेहनतले अहिलेसम्म पनि पहिलो वर्षको साख गिर्न दिएका छैनौं ।’

शैक्षिक वर्षहरू २०६८, २०६९, २०७०, २०७३ र २०७४ सालमा माध्यमिक शिक्षा परीक्षामा देशकै उत्कृष्ट नतिजा हासिल गरेर क्षेत्रीय शिल्ड प्राप्त गर्न सफल भयो विद्यालय । २०७५ सालमा देशभरिका संस्थागत विद्यालयमध्ये सर्वाेत्कृष्ट विद्यालय घोषित भई नेपाल सरकारको राष्ट्रिय शिक्षा पुरस्कार २०७५ बाट पुरस्कृत भयो ।

गत शैक्षिक सत्रमा २० र २१ जनाले  एमबीबीएसमा नाम निकालेका छन् । डाक्टर, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट मात्रै नभई धेरै विद्यार्थी सरकारी जागिरमा समेत प्रवेश गरिसकेका छन् । 

एभरेस्टले यस्तो सफलता प्राप्त गर्नुमा शिक्षक कर्मचारीको मेहनत रहेको उनी बताउँछन् । सबै शिक्षकको मेहनतका कारण विद्यालयलाई नमूना बनाउन सकिएको उनी बताउँछन् । ८४ विद्यार्थीबाट शुरू भएको एभरेस्टको यात्रा ३१औं वर्षमा आइपुग्दा २ हजार २०० विद्यार्थीमा पुगेको छ ।

TATA Below
NLIC
साउन २८, २०७९

दरिलो अठोट र इच्छाशक्ति भएकी प्रतिमा पन्थले सफलताको शिखर चुमेकी छन् । रूपन्देहीको तिलोत्तमाकी पन्थलाई पाइला–पाइलाको तिरस्कारले झनै सफल बनाएको छ । पीडाको पहाड जितेर उनी सफलतामा पुगेकी हुन् ।  ति...

साउन २८, २०७९

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने नेपाली कपडा उद्योग यतिखेर बिस्तारै चलायमान हुन थालेको छ ।   महामारीका कारण ठप्प रहेको कपडा उद्योग बिस्तारै चलायमान हुँदा बजारमा नेपाली कप...

साउन २३, २०७९

धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...

साउन २७, २०७९

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...

साउन २०, २०७९

काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...

साउन २८, २०७९

सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् । १ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्य...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x