×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

काठमाडौंमा हैजाका संक्रमित बढ्दै, २४ घण्टामा देशभर अरु के–के भए ?

असार १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर पक्षले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा ५ बुँदे निष्कर्ष निकाल्दै शुक्रबार बैठक सम्पन्न भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

बैठकपछि नेता गोविन्दराज पोखरेलले पार्टी विधिविधानअनुरुप चल्न नसकेको, सरकारले सुशासन दिन नसकेकोलगायतका ५ बुँदे निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
००००
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो । 
सो पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार पार्टी लामिछाने सभापति रहेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य सदस्यहरुमा ढकालसहित डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहोरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुशुम महर्जन, विष्णु  कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, प्रभात अधिकारी, गीता रेग्मी, राकेश यादव, प्रमिला कुलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेका छन् । 
शुक्रबार सो पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको  थियाृ भने पार्टीले गोलाकारभित्र घण्टी चुनाव चिह्न पाएको छ । पार्टी दर्ता भएसँगै असार ७ गते घोषणा भएको पार्टीको केन्द्रीय कमिटीको विवरण सार्वजनिक गरिएको हो । 
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा शुक्रवार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्थाका सागै विकास निर्माण र राष्ट्रिय योजनाबारे छलफल भएको थियो । यस्तै बागमती प्रदेश सरकारका मुख्यमन्त्री फेरबदलबारे पनि कुराकानी भएको बताइएको छ । तर कुनै सहमति भने जुटिसकेको छैन ।
००००
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो ।


Advertisment
Nabil box
Kumari

विधेयकमा सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता शीर्षकका करसम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारीसाधन पार्किङ शुल्क, सेवा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घरजग्गा रजिस्ट्रेसन शुल्क, राजस्व तथा शुल्क सङ्कलन कार्यविधिलगायत व्यवस्था छन् ।

Vianet communication
Laxmi Bank

यसैबीच काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ । महानगरपालिका भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रतिबन्ध लगाइएको हो । 

काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सबै सार्वजनिक निकायमा भिक्षा माग्न रोक लगाएको बताएको छ । सूचनामा साधु सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घर–घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लाागि भने भिक्षा माग्न पाउने उल्लेख छ । महानगरपालिकाको यो निर्णयको आलोचना पनि भएको छ । 
००००
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कार्कीले न्यायपालिकामा समस्या रहेको र यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
००००
काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ । बिहीवार ३ जनामा हैजा पुष्टि भएसँगै कुल संख्या १७ पुगेको हो । 
असार २ गते बागबजारमा २ जनामा हैजा पुष्टि भएको थियो । असार ३ मा एक, ५ मा दुई, ६ मा एक, ७ मा एक, ८ मा एक, ९ मा तीन, १० मा एक, १४ मा दुई र असार १६ मा तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ५० जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८१४ नमूना परीक्षणमध्ये ३५ जनामा पीसीआर र १५ जनामा एन्टिजेन  पोजिटिभ देखिएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीवार उच्च अंकले उकालो लागेको कारोबार नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अंकले ओरालो लागेर दुई हजार २८.७७ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अंकले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ ।
००००
नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झालाई दुव्र्यवहार गरेका छन् । शुक्रवार दिउँसो करिब ३ बजेतिर भक्तपुरको सानोठिमीस्थित केन्द्र पुगेका चार जना विद्यार्थीहरूले झालाई मोसो दलेका हुन् ।
००००
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुँवरबीचको टसल बढ्दै गएको छ । टसल बढ्दै गएपछि मुख्य रजिस्ट्रार कुँवरले फेरि लामो बिदा लिएका छन् । कुँवर एक महिना लामो बिदा बसेर काममा फर्किएका थिए । तर, कामु प्रधानन्यायाधीश कार्कीसँग टसल कायमै रहे पनि कुँवर फेरि बिदामा बसेका हुन् ।
००००
नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदभार ग्रहण गरेका छन्  । उनले शुक्रवार कार्यभार सम्हालेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x