असोज १६, २०८०
हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधर...
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरिएको छ । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो ।
घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको थियो । कार्यदलले शनिवार प्रतिवेदन मुख्यमन्त्री कूलप्रसाद केसीलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै शर्माले राज्यमन्त्री वलीलाई विवादमा पार्न नियोजित जस्तो देखिएको र वलीको कमजोरी समेत भएको बताए ।
‘प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गई निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजोरी देखिन्छ,’ शर्माले भने, ‘तर घटनास्थलमा असम्बन्धित व्यक्तिहरूको भीड जम्मा भई अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ ।’
वलीले असार २१ गते घटनाको सहजीकरणका लागि भन्दै राज्यमन्त्री पदबाट राजीनामा दिएको कुरा मुख्यमन्त्री कूलप्रसाद केसीले सदन समक्ष जानकारी गराएका थिए ।
नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार वलीको निधन भएपछि बिमला तत्कालीन नेकपाबाट दाङ ३ को (ख) उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
नेकपा एमालेले दुई महिना अघिसम्म सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेर पार्टी निर्णयविपरीत माओवादीमा गएको भन्दै कारवाहीको माग गर्दै प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो ।
वलीसहित स्वतन्त्र तर सूर्य चुनाव चिह्नबाट निर्वाचन जितेका अर्का मन्त्री अजय शाहीको विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधर...
मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् । म...
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...