×

NMB BANK
NIC ASIA

डिएपी र पोटास मलको बिक्री–वितरण सुरु

असार १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चैतदखि अहिलसम्म डिएपी एक हजार १८६ मेट्रिक टन र पोटास ७६ मेट्रिक टन वितरण गरिएको जानकारी दिए ।

Muktinath Bank

संस्थानले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई उक्त मल वितरण गरिएको हो । संस्थानले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाममार्फत मल वितरण गरेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७८ माघदेखि युरिया मल मौज्दातमा अभावका कारण वितरण गर्न सकेको छैन भने आगामी असारको अन्तिम हप्तासम्मका युरिया मल प्राप्त भई वितरण गर्न सकिने प्रमुख सापकोटाले जानकारी दिए । प्रदेशमा कृषकलाई वार्षिकरूपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन उपलब्ध भएमा मलको कुनै समस्या नहुने सूचना अधिकारी पराजुलीले बताए ।


Advertisment
Nabil box
Kumari

संस्थानमा हाल डिएपी ६४७ मेट्रिक टन र पोटास १०१३ मेट्रिक टन मौज्दात रहेको छ । संस्थानले सहकारीलाई डिएपी ५० केजीको रु दुई हजार २०० र पोटास ५० केजीको रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ । संस्थानले आफ्नो मल बिक्री वितरणको हिसाब तुरुस्त राख्नुका साथै अनलाइनमार्फत मन्त्रालयलाई जानकारी दिने गरेको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनले यही असार १ गतेदेखि सहकारीमार्फत प्रदेशका आठ जिल्लामा डिएपी मल वितरण गरिएको छ । कर्पोरेशनका सूचना अधिकारी विष्णुप्रसाद न्यौपानेले सुनसरीका ८४, मोरङका २१२, सङ्खुवासभाका १४, तेह्रथुमका १४, धनकुटाका १० र भोजपुरका छ सहकारीमार्फत उक्त मल बिक्री वितरण गरिरहेको जानकारी दिए ।

कर्पोरेशनलाई मन्त्रालयको उपलब्ध गराएको कोटाअनुसार उक्त मल वितरण गरिरहेको जानकारी उनले दिए । कर्पोरेशनले यही असारको अन्तिम सातामा युरिया मल वितरण गर्नका लागि स्थानीय तहलाई पत्राचार गर्ने कार्य भइरहेको छ । कार्यालयले अहिले दैनिकरूपमा चार हजार केजी डिएपी मल वितरण गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x