भदौ ३, २०७९
गृृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आ...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।
संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको सो पार्टीका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए ।
“बजेट कार्यक्रममा जहाँ त्रुटि छ, त्यसलाई सच्याउनु प¥यो भन्ने विषयमा दलको बैठकमा प्रदेशसभाका सदस्यहरुबीच छलफल भयो”, भट्टले भने, “मुख्यमन्त्रीले कानूनअनुसार सच्याउन मिल्ने विषयलाई सच्याउन सकिने अश्वासन दिनुभयो ।”
बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोहरु सदस्यले गरेका छन् ।
सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालय शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासोसमेत प्रदेशसभा सदस्यहरुको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र प्रतिपक्ष नेकपा (एमाले) लगायतका दलको समेत बजेट कार्यक्रमप्रति असन्तुष्टि छ ।
प्रदेश सरकारले यही असार १ गते ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यक्रममाथि प्रतिपक्ष र सत्तापक्षकै सदस्यको असहमतिपछि प्रदेशसभामा अझै छलफल सुरु हुन सकेको छैन ।
गृृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आ...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवा...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न नि...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो । भेलामा एमाले अध्यक्ष केपी ओ...
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराई...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ती...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...