भदौ १, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...
काठमाडाैं | असार १९, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ ।
००००
सत्ता गठबन्धनका शीर्ष नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सन्देश दिने प्रयास गरेका छन् । यो विमानस्थलका विषयमा विवाद कायमै रहेका बेला शनिाबार सत्ता गठबन्धनका शीर्ष नेताहरु निजगढ पुगेर विमानस्थल हाल बन्ने भनिएकै स्थानमा बन्ने सन्देश दिन खोजेका हुन् ।
सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताह? निजगढ पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
शुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै शुरू गरिने उनको भनाइ छ ।
तराई–मधेश द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुने बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संकल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाइसकेको बताइन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा। समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिए ।
००००
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनमा सहमति भएर प्रदेश सरकार बनेको र एकीकृत समाजवादीले बागमती प्रदेशको नेतृत्व छाड्दा अन्त कहाँको नेतृत्व पाउने भन्ने प्रश्न गरेको छ ।
००००
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरिएको छ । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो । समितिले ओलीले राजीनामा दिएपछि मात्रै प्रतिवेदन सार्वजनिक गरेको हो । ओलीले केही दिनअघि नै सोही प्रकरणमा राजीनामा दिइसकेकी छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै राजीनामा मागेका हुन् ।
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ नमूना परीक्षणमध्ये ३३ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।
विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ । शनिवार सतुंगलमा बसेको अभियानमा आबद्ध चार दलको बैठकले विभिन्न आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको हो ।
आम नेपाली पार्टी, नेकपा राष्ट्रवादी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालका शीर्ष नेताहरूको संयुक्त बैठकले नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ ।
जसको संयोजकमा युवराज सफल रहेका छन् भने सहसंयोजकमा कृष्णगोपाल बञ्झारा रहेका छन् ।
त्यस्तै मीननाथ देवकोटा सचिव र प्रवक्तामा नीलकण्ठ पौडेल छन् । सचिवालय सदस्यमा द्वारिका निरौला मानव, गुणबहादुर बञ्झारा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने र तेजबहादुर कार्की रहेका छन् ।
००००
यसैबीच पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् ।
‘९ जना सचिवालय सदस्यहरु मध्ये १ जना सदस्य युवराज सफलले मिति ०७९।०३।१६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नु भएको र उहाँको राजीनामा सम्बन्धमा मिति ०७९।०३।१७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भै राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो’, पाण्डेले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
तर, सफलको भ्रमपूर्ण सूचनाका आधारमा सञ्चारमाध्यममा समाचार आएको भन्दै पाण्डेले यस्ता गलत समाचार प्रकाशन गर्नु पूर्व स्पष्ट हुन अनुरोध गरेका छन् ।
००००
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर पुगेका थिए ।
००००
सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।
संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको सो पार्टीका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए ।
००००
आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरू भएको छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । ।
उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् । यसमा उम्मेदवार बन्न स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्म छन् ।
००००
प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित मुख्यालय भ्रमण गरेका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रवार राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुका साथै उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता पनि गरेको नेपाली सेनाले प्रेस नोटमार्फत् जानकारी गराएको छ ।
००००
पोखरामा सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...
लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन न...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्...
दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम...
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...