साउन २९, २०७९
पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् । ...
रकम हिनामिना गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।
४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप मा उनी पक्राउ परेका हुन् ।
खवासले ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।
सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
समिति सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल छन् ।
प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो ।
हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले सहकारी संचालक समितिले किटानि जाहेरी दिएको थियो । उनले १० लाख रुपैयाँ भने सहकारीलाई बुझाएका छन ।
पक्राउ परेका खवास विरुद्ध अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपि शान्तिराज कोइरालाले बताए ।
विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफैं नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको उनीमाथि आरोप छ ।
संस्थाका ६ वटा सेवा केन्द्र छन् । सहकारीमा ८ हजार शेयर सदस्य छन् ।
सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ सहकारी संस्था २०७७ असार २९ गते मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो ।
पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् । ...
संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्...
जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । जुम्लाको चन्दननाथ नर...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतवार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परे...
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासि...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...