साउन २९, २०७९
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतवार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परे...
चितवन राष्ट्रिय निकुन्जले चारवटा नरभक्षी बाघलाई पुनः प्राकृतिक वासस्थानमै छाडेको छ । यसअघि मानिसलाई आक्रमण गरेपछि निकुन्जले नियन्त्रणमा राखेको चार वटा बाघको आनीबानी सुध्रिएको भन्दै पुनः जंगलमै छाडेको हो ।
छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिए । जनदबाबमा समातेका सबै बाघ नरभक्षी नहुने भन्दै उनले बाघको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जंगलमा लगेर छाड्ने गरेको जानकारी दिए ।
निकुन्जले नियन्त्रणमा लिएका तीन वटा नरभक्षी बाघको भने आनीबानीमा सुधार नआएको भन्दै अझै नियन्त्रणमै राखिएको छ । यसअघि निकुन्ज आसपास र केही अन्य जिल्लामा समेत मान्छे मारेपछि ती सबै बाघलाई निकुन्जले नियन्त्रण लिई खोरमा राखेको थियो ।
निकुञ्जले यस वर्ष सात वटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन वटा बाघ निकुञ्जको खोरमै रहेका छन् ।
आनीबानी सुध्रिएको भन्दै जंगलमा छाडिएका बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको छ । जंगलमा छाडिएका बाघको सोही कलरमार्फत् निगरानी गर्न सकिने संरक्षण अधिकृत आचार्यले जानकारी दिए । बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिन्छ ।
खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतवार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परे...
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...
राष्ट्रिय मानव अधिकार आयोगले सरकारले संसद्मा पेश गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९’ प्रति गम्भिर असहमति जनाएको छ । आइतवार पुल्चोकस्थित आफ्नै...
जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । जुम्लाको चन्दननाथ नर...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...