×

NMB BANK
NIC ASIA

विभागले भन्योः १५ दिनभित्रै राहदानी पाइन्छ

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५ दिनभित्रमा राहदानी पाउने सुनिश्चितता भएकाले सम्बन्धित जिल्लाबाटै आवेदन दिन आग्रह गरेको हो । 

Muktinath Bank

पछिल्लो समय काठमाडौं उपत्यका र आसपासमा जिल्लामा २–३ दिनभित्रै र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्रमा राहदानी वितरण भइरहेको विभागको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार एक विज्ञप्ति जारी गर्दै विभागले विभागबाट दैनिक बिहान ९ देखि साँझ ६ बजेसम्म राहदानी वितरणको काम गरिरहेको बताएको छ । विभागले हाल दैनिक ६ हजार ५ सय भन्दा बढी राहदानी उत्पादन गरिरहेको बताएको छ । त्यसमध्ये विभागमा मात्र दैनिक २ हजार ४ सयभन्दा बढीले राहदानी बनाउनका लागि आवेदन दिने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

राहदानी निर्माणका लागि आवेदन गरेको २–३ महिनासम्ममा पनि नपाउने अवस्था रहेकोमा हाल त्यस्तो समस्या नभएको र सबै जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको १५ दिनभित्र वितरण भइसक्ने व्यवस्था गरिएको विभागकाे भनाइ छ । 

Vianet communication
Laxmi Bank

विभागका अनुसार जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको एक हप्तामा प्रिन्ट गरेर सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भइसकेको छ । विभागले राहदानी वितरणको प्रक्रिया सरल र सहज भएको भन्दै अत्यावसेक बाहेकको अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिनका लागि आवेदन गर्न भनेको छ । 

विभागले विभागसहित सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयमार्फत् राहदानी वितरणको व्यवस्था मिलाएको छ । 

हेर्नुहाेस् विभागकाे विज्ञप्ति


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x