×

NMB BANK
NIC ASIA

माओवादीमा रिपोर्टिङः गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएन

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सोचेअनुरूप सहयोग नगरेको रिपोर्टिङ पेश गरेका छन् । आइतवार शुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ पेश गर्ने क्रममा सात प्रदेश तथा तीन गैर भौगोलिक प्रदेशका अध्यक्षहरूले सत्ता गठबन्धनमा सहभागी दल कांग्रेसले सोचेजस्तो सहयोग नगरेको प्रतिवेदन पेश गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता वर्षमान पुनले प्रदेश कमिटीका अध्यक्षहरू गठबन्धनभित्रको दल कांग्रेसको भूमिकाप्रति सन्तुष्ट नदेखिएको जानकारी दिए । उनका अनुसार कांग्रेसको असहयोगका कारण स्थानीय तहको निर्वाचनको सोचेका जस्तो परिणाम नआएको निष्कर्ष प्रदेश अध्यक्षहरूको रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश अध्यक्षहरूले रिपोर्टिङको क्रममा माओवादी केन्द्र बलियो रहेको ठाउँमा कांग्रेसले नेकपा एमालेलगायतका अन्य दलसँग तालमेल गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । कांग्रेसले धेरै स्थानमा माओवादी केन्द्रको सहयोगमा निर्वाचन जिते पनि माओवादीलाई जिताउन प्रभावकारी भूमिका खेलेको छैन । गठबन्धनप्रति कांग्रेस इमान्दार नभएको उनीहरूको निष्कर्ष  छ । 


Advertisment
Nabil box
Kumari

दुवै दलको बराबरी हैसियत रहेको स्थानमा गठबन्धन प्रभावकारी रहेको देखिए पनि अन्य स्थानमा सन्तोषजनक परिणाम नआएको नेता पुनले प्रदेश अध्यक्षहरूलाई उदृत गर्दै भने । 

Vianet communication
Laxmi Bank

त्यस्तै, कतिपय स्थानमा पार्टीको आन्तरिक समस्याका कारण पनि परिणाम आफ्नो पक्षमा नआएको उनीहरूको ठम्याइ छ । उम्मेदवार चयनमा देखिएको समस्या, निर्वाचन परिचालनका क्रममा भएको असहयोगलगायतका कारण एकाध ठाउँमा हार व्यहोर्नु परेको उनीहरूको निष्कर्ष छ । 

बैठक सोमवार बिहान ११ बजे पुनः बस्ने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x