कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षिया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान् बर्ख बहादुर थापा र सुनसरी वराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार रहेका छन् । अन्य एक जना भने फरार रहेका छन् । असार १२ गते साँझमा नरेशको हत्या भएको खुलेको छ ।
यस्तो छ हत्याको नालीबेली
झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलका अनुसार २०७६ साल मङ्सिरमा जानुका सुवेदी थापा भारतको दिल्लीमा गएर २ महिना बसेकी थिइन् । उनी त्यहाँबाट गुजरातमा गएर डेढ महिना बसिन् । गुजरातमा नरेशसँग जानुकाको चिनजान भएको थियो । थापालाई गत फागुनको अन्तिम साता भारतको पानी ट्यांकीमा ल्याएर नरेशले छाडेका थिए । २०७६ चैत्रमा भारतीय गाडीमा जानुकाका छोरा छोरीलाई खेलौना तथा लत्ताकपडा समेत नरेशले पठाएका थिए । नरेशले थापाको घर बनाउनका लागि पाँच लाख दिएको समेत प्रहरी उपरीक्षक पोख्रेलले बताए । नरेशलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले अबैध भारतीय नोट भारु ५९ हजार सहित २०७९ बैशाख ४ गते पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेका थिए ।
गत जेठमा जानुकाको घरमा आएर उनी तीन दिन बसेर गएका थिए । त्यो बसाई देखिनै हत्या गर्ने योजना बनाएको देखिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । तीन दिन बस्दा श्रीमानकै अगाडि दूर व्यवहार गरेको जानुकाले बयानमा भनेकी छिन् । त्यसपछि नै उनीहरूले हत्या योजना बनाएको खुलेको उनले बताए ।
असार ७ गते उनी जानुकाको घरमा आएका थिए । ८ गते पनि उनी त्यही बसेको झापा प्रहरीले बताएको छ । ९ गते उनी तारेकका लागि इटहरी गएका थिए । तारेक सकेर उनी दिउँसो साढे २ बजे पुनः जानुकाकै घरमा गएका थिए ।
९ गते नरेशलाई मार्ने गरी जानुका र उनका श्रीमान् बृख बहादुर थापाले दुई जना व्यक्ति परिचालन गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । सुरेश परियार र अर्का व्यक्तिलाई नरेशलाई मारे बापत ५ लाख दिने गरी सहमति भएको पोख्रेलले बताए । सुरेश ९८ गते बिहानै जानुकाको घरमा पुगेका थिए । उनी सँगै अर्का व्यक्ति पनि पुगेका थिए ।
साझामा सुरेश अर्का व्यक्ति र नरेश सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।साँझ ८ः३० बजे भुइतलाको उत्तर तर्फको कोठाको ढोकामा उभिरहेका नरेशलाई सुरेशले पछाडि बाट टाउकोमा मुड्कीले प्रहार गरेका थिए । सुरेशको प्रहारपछि उनी भुईँमा ढलेका थिए । उनी भुईँमा लड्नासाथ सुरेशले मुख थुनेका थिए भने अर्का व्यक्तिले फलामको मार्ताेलले निधार लगायत टाउकाको विभिन्न भागमा हिर्काएका थिए ।
घटना लुकाउनका लागि उनीहरूले शवलाई बोरामा प्याक गरेर बृख बहादुर थापाले चलाउने प्रदेश न. १–०१–०१२ प ८५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का व्यक्तिले अर्जुन धारा ७को साहसी टोलमा हाम पाइपमा राखेर फर्केका थिए । काम सकिएपछि सुरेशलाई जानुकाले सुरुमा २५ हजार दिएकी थिइन् । उनले दोस्रो पटक १ लाख ७५ हजार सुरेशलाई दिएकी थिइन् भने अर्का व्यक्ति लाई १ लाख दिएकी थिइन् । २ लाख भने दिन बाकी रहेको झापा प्रहरीले जनाएको छ । तीन जना पक्राउ गरे पनि एक जना फरार रहेकाले खोजीकार्य जारी रहेको झापा प्रहरीले जनाएको छ ।
प्रहरीले ज्यान लिन प्रयोग भएका मोटरसाइकल, फलाको बिँड भएको मार्तोल, काठको बिँड भएको फरुवा, खुकुरी, पानीले भिजेको अवस्थाको तन्ना २ थान, हाते झोला, रातो, कालो र सेतो रङको डोरी, मोबाइल तथा खालि बोतल नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...