×

X
Nic Asia
Dabur
Marvel

पब्लिक लिमिटेडमा रुपान्तरण भयो शिवम् होल्डिङ्गस, आईपीओ जारी गर्ला ?

काठमाडाैं | असार २०, २०७९

TVS INSIDE
British college

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिले कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।

IME BANK INNEWS

नेपालमा स्थापित सिमेन्ट उद्योगहरू मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पव्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिलाई पब्लिक लिमिटेडमा परिवर्तन भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कम्पनीले कायम भई लगानी गर्ने उद्देश्य रहेको पब्लिक लिमिटेड कम्पनीको हैसियतले कारोवार संचालन गर्न कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ ।


Advertisment
mahindra Box
Saurya island

शिवम् होल्डिङ्गसले नेपालकै सबैभन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनियाँ विदेशी लगानी समेत रहेको होङ्शी शिवम् सिमेन्ट प्रालिको सस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । 

शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत शेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मे. टन. क्लिङकर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरी रहेको छ । 

Vianet communication
Maruti inside

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मे. टन. उत्पादन गर्ने र दैनिक २० हजार मे.टन. चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पुर्‍याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि.मि. लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको कम्पनीले जनाएको छ । 

उक्त कम्पनीले गत आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर समेत वितरण गरिसकेको छ ।

साथै शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीले आफ्नो चुक्ता पूँजीको अधिकांश रकम होङ्शी शिवम् सिमेन्ट प्रा.लि. को उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरू भई सकेको यस कम्पनीले संस्थापक समूह तर्फ ८० प्रतिशत रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले निकट भविष्यमा धितोपत्र बोर्ड समेतको स्वीकृतिमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरि थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको बताएको छ । 

शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत अर्थात रु. ३ अर्व ४० करोड १० लाख ४२ हजार रुपैंयाको शेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरूको करिव १५ प्रतिशत अर्थात रु. ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर रकम लगानी गरेका छन् ।

यस शिवम् होल्डिङ्गस लिमिटेडले प्रत्यक्ष रुपमा शेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्ट प्रा.लि. मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिव १२ मेगावाट विद्युत उत्पादन गरी आफै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो ।

दोस्रो लाईनबाट उत्पादन शुरु भएपछि प्रति दिन १२००० मे. टन. क्लिङकर तथा सिमेन्ट उत्पादन हुने कम्पनीले जनाएको छ । 

हाल नेपाल विद्युत प्राधिकरणबाट होङ्शी शिवम् सिमेन्ट उद्योगलाई २५ मेघावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ । 

उक्त उद्योगको कारण हाल नेपालमा सिमेन्ट र क्लिङकर उत्पादनमा आत्मनिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ । 

त्यसै गरी शिवम् सिमेन्ट्स लिमिटेड, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–क्वालिटी अवार्ड प्रथम पुरस्कार प्राप्त गर्ने नेपालकै एक अग्रणी उच्च गुणस्तरको शिवम् ब्राण्डको असली ओ.पि.सि. सिमेन्ट उत्पादन गरी विक्री वितरण गरिरहेको छ । 

TATA Below
NLIC
साउन ३१, २०७९

देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...

साउन ३१, २०७९

नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...

भदौ १, २०७९

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...

भदौ १, २०७९

काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्छ्यौट भएको छ ।  आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो ...

साउन ३१, २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।  नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...

भदौ १, २०७९

गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो ।  माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन ।  गत वैशाखमा चुनावी ख...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x