साउन ३०, २०७९
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो ।
विजेता मिस टिन वर्ल्ड नेपाल र मिस्टर टिन वर्ल्ड नेपालले ब्राजिलको साउ पाउलो मा २०१७ को नोभेम्बर १० देखी १६ सम्म आयोजना भएको मिस टिन वर्ल्ड तथा मिस्टर टिन वर्ल्ड मा सहभागिता जनाउने मौका पाएका थिए ।
मिस्टर टिन वर्ल्ड नेपाल शीर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने मिस टिन वर्ल्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल हात पारेकी थिइन् ।
मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण थप विशेष हुने भएको छ, यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द व्रिटिस कलेजमा रु २० लाख रुपैंया सम्मको छात्रबृती प्राप्त गर्नेछन् ।
यस प्रतियोगीतामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् भने फस्र्ट रनर अप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेज बाट रु. १५ लाख सम्मको छात्रबृती तथा सम्पूर्ण सहभागीले पहिलो बर्षका लागि पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल विजेताहरु १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा भाग लिने मौका प्राप्त गर्नेछन् ।
पूर्व मिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका निर्णायक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट गर्नेछन् ।
जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसन मार्फत प्रतियोगीहरु सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरु विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरुमा सहभागी हुनेछन् ।
वैयक्तिक विकास र सिप विकासको उदाहरणीय प्रतियोगीताको रुपमा संचालन गरिने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालले आ नो करिअर पाथको खोजीमा रहेका किसोर किसोरीको समग्र विकासमा ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
तसर्थ यो एक प्रतियोगिता मात्र नभई सिकाई र समग्र विकासको अवसर समेत हो ।
१६ बर्ष देखी २१ बर्ष उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताले आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पुर्याउने छ भने मोडलिङ तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर जुटाउन सहायक बन्नेछ ।
एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सदलाई उपयोग गर्दै जीवनको यो क्षणलाई एक उत्पादनशिल र अविस्मरणीय बनाउन सकिने बुझाई रहेको आयोजकले जनाएको छ ।
१६ देखी २१ बर्ष उमेर समूहका जो कोहीले भाग लिन सक्ने यस प्रतियोगिताको पहिलो चरणको अडिसनका लागि मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको फेसबुक पेजमा गएर अनलाईन फारम भर्नुपर्नेछ ।
जुलाई १६ मा आयोजना गरिने अडिसनमा छनौट भएका प्रतियोगीलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई वैयक्तिक विकास गरिनेछ । यसरी तालिममा हुने सहभागिता बापत प्रतियोगीले रु. १५ हजार शुल्क तिर्नुपर्नेछ भने यसरी
छनौट हुने हरेक प्रतियोगीले यस प्रतियोगीताको नलेज पार्टनर द ब्रिटिस कलेजमा पहिलो बर्षका लागि पचास प्रतिशत छात्रबृती प्राप्त गर्नेछन् । अन्तिम प्रतियोगीताका विजेताहरुले विभिन्न किसिमका उपहारहरुका अलावा नगद पुरस्कार एक लाख रुपैंया, टर्किएको ईस्तानबुलमा हुने प्रतियोगीतामा सहभागिता तथा भ्रमणको मौकाका साथै द ब्रिटिस कलेजमा शत् प्रतिशत छात्रवृत्ति समेत प्राप्त गर्नेछन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
बिपाशा बसुले २०१६ मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । त्यतिखेर नै विपाशालाई गर्भवती भइन् भनेर चर्चामा ल्याइने गरेको थियो । गर्भवतीको विषयलाई लिएर विपाशा पुनः एकपटक चर्चामा आए...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले...
विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उ...
गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...
बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...