×

NMB BANK
NIC ASIA

चट्याङ लागेर ३ बालकको मृत्यु, १० जना घाइते

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र प्युठानमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । चटयाङ लागेर १० जना घाइते भएका छन् । 

Muktinath Bank

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ लागेर विष्ट घाइते भएका थिए । उनलाई गुल्मी अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

चट्याङ लागेर उनकी भाउजू ४२ वर्षीया संगीता विष्ट घाइते भएकी छन् । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र चट्याङले घर तथा पशु चौपायामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।  

Vianet communication
Laxmi Bank

त्यस्तै प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ । 

चट्याङ लागेर ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

चट्याङ लागेर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । 

चट्याङ लागेर सोही ठाउँका ५ जना र वडा नम्बर–१ का ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x