×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असार २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
००००
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै नियुक्ति खारेजीको मागसहित मंगलवार रिट निवेदन पेश गरेका हुन् । 
००००
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान खुलेको छ। मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएकाहरूको पहिचान खुलेको हो। 
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार मृत्यु हुनेमा अधिकांश रामेछापको सुनापति गाउँपालिकाका रहेका छन्। मृत्यु हुनेमा सुनापति ५ का ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीया विपना तामाङ, र ३६ वर्षीया सन्जु आले मगर रहेकी छन्। 

Muktinath Bank

त्यस्तै, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका ४ का २७ वर्षीय कमल तामाङ, पाँचखाल ८ का १८ वर्षीय सुदीप गजमेर, ४० वर्षीय कुलबहादुर बिक तथा काभ्रेपलान्चोक मण्डन देउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा घाइते भई उपचारका लागि धुलिखेल ल्याइएका ४ जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा १३ जनाले ज्यान गुमाएका हुन् । बस ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।
००००
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत संखुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ ।  जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ६ जनाको हत्यामा संलग्नमध्ये ४ जनालाई आजीवन काराबासको सजाय हुने फैसला गरेको हो । ४ जनालाई आजीवन काराबासको सजाय सुनाइएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।
००००
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् । 
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले प्रस्ताव तयार पार्ने जिल्ला प्रचण्डलाई दिएको हो। अध्यक्ष प्रचण्डले सबै नेताहरूको सुझावलाई ध्यानमा राखेर संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने बताएका छन्। केन्द्रीय समिति बुधबार बस्दैछ ।
००००
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।
००००
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
००००
फुटपाथ पसले हटाउने विवादका सन्दर्भमा नेवाः जागरण मञ्चले मेयर बालेन शाहलाई समर्थन गरेको छ । काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने शाहको अभियानको मञ्चले स्वागत गरेको हो ।  मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको छ ।
००००
शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो ।
००००
जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल गरेको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।
००००
नेपाल प्रहरीले प्रहरी कर्मचारीलाई काजमा खटाउन नपाइने परिपत्र गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका कार्यालयलाई काजमा खटाउन नपाइने परिपत्र गरेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । प्रहरी नियमावली २०७१ को नियम ५२ मा भएको ‘प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन’ भन्ने व्यवस्थाबारे सबैलाई जानकारी गराउन समेत परिपत्रमा उल्लेख छ ।
००००
प्रदेश नंं। १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको हो ।
००००
जनता समाजवादी पार्टी नेपालले बोलाएको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ ।असार २८ गते हुने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।अब केन्द्रीय समिति बैठक असार २९ र ३० गते हुनेछ ।
००००
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
००००
शेयर बजार मापक सूचक नेप्से मंगलवार ४६.०८ अंकले घटेको छ। बजार घटेको भएपनि विभिन्न २२ कम्पनीको शेयर मूल्य भने ०.१० प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ। 
मंगलवार सबैभन्दा बढी कमाउनेमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ। यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। न्यादी ग्रुप पावर र आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ९.६१ प्रतिशत भन्दा बढीले कमाएका छन् । 
००००
पछिल्लो २४ घण्टामा देशभर ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा संक्रमण पुष्टि भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x