मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
असार २२, २०७९
अमेरिकाको विजयोन्माद पुनः देखिन थालेको छ । भ्लादिमिर पुटिनको सेनाले युक्रेनमाथिको आक्रमणका क्रममा बेहोरेका कठिनाइलाई देखाउँदै शीतयुद्धकालीन भाषा उपयोग गरी अमेरिकी नेतृत्वको अपरिहार्यता, विश्वव्यापी लोकतन्त्रका लागि संघर्ष र पश्चिमी एकताको ढोल पिट्न थालिएको छ । स्वतन्त्र विश्वको नेताका रूपमा अमेरिका पुनः तम्तयार रहेको बताइँदैछ ।
दुर्भाग्यवश, पुटिनले युक्रेन युद्ध हार्ने कुनै संकेत पाइएको छैन । सम्झौतामार्फत वा लामो समयसम्म युद्ध लम्बिएको अवस्थामा युक्रेनका विशाल भूभाग रुसको नियन्त्रणमा रहिरहेमा जतिसुकै मूल्य चुकाउनुपरे पनि पुटिनले युक्रेनको क्षेत्रफलमा परिवर्तन ल्याउने लक्ष्य सफलतापूर्वक हासिल गर्नेछन् । उनले क्राइमियालाई रुसमा मिसाइसकेका छन् र जर्जियालाई नेटोबाट बाहिर राख्न पनि सफल भएका छन् । फिनल्यान्ड र स्विडन नेटोमा जोडिएमा मस्कोलाई प्रतीकात्मक अपमान गरेको जस्तो हुनेछ तर रुसले ती दुई मुलुकमाथि आक्रमण गर्ने कुनै योजना बनाएकै छैन ।
विश्वव्यापी स्तरमा अमेरिकाले अन्य मुलुकलाई रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएर युक्रेनमाथिको आक्रमणका लागि दण्ड दिलाउन अभियान चलाएको भए पनि त्यो पूर्णतः विफल भएको छ । रुसमाथि प्रतिबन्ध लगाउने मुलुकहरूको नक्सा हेर्ने हो भने त्यसमा अमेरिका र क्यानडा, युरोपका केही मुलुक, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजील्यान्ड मात्र भेटिन्छन् । संसारका बाँकी मुलुकले प्रतिबन्ध लगाउन पूरै अस्वीकार गरेका छन् । दोस्रो शीतयुद्धमा असंलग्न खेमा पुनः फर्केको छ ।
अमेरिकी संसद्ले युक्रेनमा रुसविरुद्ध चलाइएको छद्मयुद्धमा रुसलाई रक्तश्राव गराएर झुकाउनका लागि हतियारहरू पठाउने निर्णयलाई अनुमोदन गरेको भए पनि संसारका अन्य कुनामा अमेरिकाले लज्जास्पद रणनीतिक पराजय बेहोरिरहेको छ । अफगानिस्तानमा दुई दशकसम्मको लडाइँपछि वाशिङटन अचानक त्यस मुलुकबाट हिँडिदियो । दक्षिण भियतनामबाट भागेको भन्दा बढी अव्यस्थित तवरले अमेरिका अफगानिस्तानबाट बाहिर गयो र तालिबानलाई शासन सुम्पियो ।
सद्दाम हुसेनपछिको इराकमा अमेरिकाको बचेखुचेको उपस्थितिलाई पनि बहुमत इराकीहरूले विरोध गरिरहेका छन् । इराकी संसद्ले हालै एउटा कानून पारित गरेर इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने कामलाई दण्डनीय अपराध मानेको छ र त्यसको सजाय मृत्युदण्ड वा आजीवन कारावास हुने बताएको छ ।
सिरियामा बशर अल असदलाई अमेरिकाले हटाउनका लागि गृहयुद्ध चर्काएको भए पनि उनी अझै सत्तामै छन् । लिबियामा मुअम्मार गद्दाफीलाई अमेरिका र नेटोले सत्ताच्युत गरेपछि त्यहाँ अव्यवस्था फैलिएको छ ।
इजिप्टको ताहरिर स्क्वेयर याद छ ? त्यस देशमा पुनः सैनिक शासन लागू गरिएको छ । जर्ज डब्ल्यू बुशको विश्वव्यापी लोकतान्त्रिक क्रान्ति र बाराक ओबामाको अरब क्रान्ति बेकामे साबित भइसकेका छन् ।
अमेरिकाको प्रमुख महाशक्ति प्रतिस्पर्धी चीन हो । युक्रेनलाई दिनका लागि अमेरिकासँग जेभलिन र स्टिंगर क्षेप्यास्त्र सकिन थालेको खबरले चिनियाँहरूमाझ रहेको अमेरिकाको कागजी बाघको छवि थप बलियो बनेको छ ।
रुसले झैं चीनले पनि भूभागीय परिवर्तनमा सफलता पाइरहेको छ । दक्षिण चीन सागरमा सैन्य अखडा बनाएका टापुहरूलाई चीनले कुनै हालतमा छोड्ने छैन । अमेरिकाले जतिपटक त्यस सागरमा जलआवागमन स्वतन्त्रता कारवाही चलाए पनि चीन आफ्नो अडानमा कायम रहनेछ । उसले वीगरहरूलाई चिनियाँकरण गर्ने अभियान पनि जारी राख्नेछ ।
चीनलाई अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडले घेराबन्दी गर्नेछ भनी हामीलाई बताइँदैछ । तर भारत–चीन सीमामा चिनियाँ सैनिकहरूले गरेको भारतीय सैनिकको हत्यामा चीनले अहिलेसम्म कुनै गम्भीर परिणाम भोग्नुपरेको छैन । अनि अस्ट्रेलिया र जापान दुवैको सबभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो । अमेरिकाका यी साझेदारहरू एकैपटक चीनसँग आर्थिक सम्बन्ध बढाउन र वाशिङटनसँग मिलेर चीनविरोधी सैन्य योजना बनाउन हिचकिचाउँदैनन् । एउटा विन्दुमा पुगेपछि चाहिँ चीनले यिनीहरूलाई लगाम कस्छ ।
त्यसो त अमेरिकाले सबभन्दा बढी आयात चीनबाटै गर्ने हो । विगत केही वर्षयता चीनसँग अमेरिकाको व्यापार घाटा बढ्दो छ । पहिलो शीतयुद्धमा अमेरिका र उसका साझेदारहरूले सोभियत संघका विरुद्ध चौतर्फी नाकाबन्दी लगाएका थिए । तर अमेरिकाका व्यापारिक तथा बैंकिङ सम्भ्रान्तहरू चीन र पश्चिमबीच आर्थिक सम्बन्ध विच्छेदको विरोध गर्छन् ।
ट्रम्पले लगाएको आयातशुल्क र अमेरिकामा नै चिपहरू बनाउनका लागि ल्याइएको चिप्स ऐन जस्ता चीनविरोधी आर्थिक युद्धका केही उपाय यति कमजोर छन् कि तिनीहरूले चिनियाँ उत्पादनमा आधारित अमेरिका र उसका पश्चिमा साझेदारको आर्थिक निर्भरता घटाउन केही पनि योगदान गर्न सक्दैनन् ।
अमेरिकाको उत्पादन क्षेत्रलाई पुनर्निर्माण गर्ने यी बेअसरदार प्रयासलाई पनि वाल स्ट्रीट, सिलिकन भ्याली र अमेरिकी चेम्बर अफ कमर्सको पैरवीमा रोकिने सम्भावना छ ।
उता चीनले अमेरिका र उसका साझेदारहरूलाई विश्व बजारबाट क्रमशः विस्थापित गरिरहेको छ । सन् २०१० मा चीन अमेरिकालाई पछि पार्दै संसारको अग्रणी उत्पादक बन्यो । सन् २०२१ मा दक्षिण कोरियालाई पछि छोड्दै चीन संसारको अग्रणी जहाजनिर्माता बन्यो । चीनको एउटा कम्पनी डीजेआईले संसारको ७० प्रतिशत नागरिक ड्रोनहरू बनाउँछ । विश्वभरि उपयोग गरिने औद्योगिक रोबोटमध्ये एकतिहाइ चीनमा बन्छन् र त्यस्ता रोबोटको सबभन्दा ठूलो बजार पनि चीन नै हो । अमेरिका, युरोप र जापानलाई एयरोस्पेस तथा गाडीहरूको क्षेत्रमा समेत चीनले पछि पार्ने समय छिट्टै आउनेछ ।
जता हेरे पनि अमेरिका पछि हटिरहेको वा पराजित भइरहेको वा अनिर्णित अवस्थामा रहेको देख्न सकिन्छ । भियतनामको साइगोनबाट अमेरिका भागेदेखि अमेरिका र उसका साझेदारहरूले प्राप्त गरेको दीर्घकालीन सैन्य तथा भूराजनीतिक विजय युरोपमा मात्र हो । लाल सेनाबाट पूर्वी युरोपलाई रक्तपातविहीन तरिकाले मुक्त गर्नु पहिलो विजय हो । युगोस्लाभिया टुक्रिएपछि सर्बियालाई पराजित गरिएको अर्को विजय हो ।
दक्षिण चीन सागरमा चीनले लगातार भूभाग कब्जा गरिरहेकोमा त्यसलाई रोक्न नसक्नु अनि पश्चिम एसिया तथा उत्तरी अफ्रिकामा प्राप्त अल्पकालीन सैन्य विजयलाई दीर्घकालीन कूटनीतिक विजयमा परिणत गर्न नसक्नु अमेरिकाको कमजोरी हो । वास्तवमा अमेरिकी परराष्ट्रनीतिले युरोपमा मात्र सफलता पाएको छ ।
कार्यालयको मर्यादाक्रमका विषयमा जर्मनहरूले एउटा उखान बनाएका छन् : ‘हाकिमको अगाडि पर्दा झुक, पछाडि लात हान ।’ तीव्र गतिमा भइरहेको पतनलाई लुकाउने अमेरिकाको विश्वव्यापी रणनीतिलाई यस उखानले राम्रोसँग वर्णन गर्न सक्छ । शक्तिशाली उदीयमान मुलुक चीनलाई व्यावहारिक रूपमा तुष्टीकरण गर्ने अमेरिका सर्बिया, इराक, सिरिया, लिबिया र शक्तिहीन बनेको रुससँग झगडा गरिबस्छ । विश्वव्यापी कारोबार र कूटनीतिमा अमेरिका पतनोन्मुख शक्ति हो तर उत्तर अमेरिका र युरोपमा उसको प्रभावक्षेत्र कायम रहेकाले ऊ अझै ठूलो पल्टेर विगतका उपलब्धिहरूलाई पुनर्जीवित गर्न खोज्दैछ ।
लिन्डन बी जोनसन स्कूल अफ पब्लिक अफेयर्सका प्राध्यापक माइकल लिन्डको द नेसनल इन्ट्रेस्टमा प्रकाशित लेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...